…वैदिक ईश्वर-३

ओ३म्..

…वैदिक ईश्वर-३

प्रश्न: तपाइँ ईश्वरको अस्तित्व कसरि सिद्ध गर्नुहुन्छ?

उत्तर: प्रत्यक्ष र अप्रत्यक्ष प्रमाणहरु द्वारा ।

प्रश्न: तर ईश्वरमा प्रत्यक्ष प्रमाण घट्न सक्दैन फेरी तपाइले उसको अस्तित्व कसरि सिद्ध गर्नुहोला?

उत्तर:

  • प्रमाणको अर्थ हुन्छ ज्ञानेन्द्रियहरु द्वारा स्पष्ट रूपले जानिएको निर्भ्रांत ज्ञान । तर यहाँ ध्यान दिन लायक कुरो छ कि ज्ञानेन्द्रियहरु द्वारा गुणको प्रत्यक्ष हुन्छ गुणीको हैन। उदाहरणको लागि तपाइले यो लेख पढ्ने बेलामा लेखकको ज्ञान हुँदैन तर कम्प्युटरको पर्दामा केहि आकृतिहरु देखिन्छन जसलाई तपाइँले स्वयं सम्झेर केहि अर्थ निकाल्नुहुन्छ। र फेरी तपाइँ यस निष्कर्षमा पुग्नुहुन्छ कि यो लेख लेख्ने वाला कुनै न कुनै अवश्य होला अनि तपाइँ निश्चय गर्नुहुन्छ तपाइँको नजिकमा लेखक हुनुको प्रमाण छ। यो “अप्रत्यक्ष” प्रमाण हो तथापि यो “प्रत्यक्ष” प्रतीत हुन्छ। ठीक यस्तै गरेर यो पूरा सृष्टि, जसलाई हामि उसको गुणलाई आफ्ना ज्ञानेन्द्रियहरुले ग्रहण गरेर अनुभव गर्दछौं; ईश्वरिय अस्तित्व तिर संकेत गर्दछ।
  • जब कुनै इन्द्रिय गृहीत विषय बाट हामि कुनै पदार्थसंग सीधा सम्बन्ध जोड्न सक्छौं, तब हामि उसलाई “प्रत्यक्ष प्रमाणित” भएको दावी गर्दछौं। उदहारणको लागि तपाइँले आँप खाँदा मिठासको अनुभव गर्नुहुन्छ र त्यस मिठासलाई आँफूले खाएको आँप संग जोड्नुहुन्छ। यहाँ महत्वपूर्ण यो छ कि तपाइँले यस्तो प्रत्यक्ष प्रमाण केवल उस इन्द्रियसंग जोड्न सक्नुहुन्छ जसबाट तपाइले त्यस विषयको अनुभव गर्नको लागि प्रयोग गर्नुभएको थियो। यस प्रकार पूर्वोक्त उदहारणमा तपाइले आँपको ‘प्रत्यक्ष’ ‘कान’ले गर्न सक्नुहुन्न, तर ‘जीब्रो’, ‘नाक’ या ‘आँखा’ ले मात्र गर्न सक्नुहुन्छ। वास्तवमा सम्झनको लागि सरलता होस भनेर मात्र हामीले यसलाई ‘प्रत्यक्ष प्रमाण’ भन्न सक्छौं तर यथार्थमा यो पनि ‘अप्रत्यक्ष प्रमाण’ नै हो। ईश्वर सब सूक्ष्म भन्दा पनि सूक्ष्म छ त्यसैले स्थूल इन्द्रियहरु ‘आँखा’, ‘नाक’, ‘कान’, ‘जीब्रो’ र ‘चर्म’ द्वारा उसको प्रत्यक्ष असंभव छ। जसरि हामी सर्वोच्च क्षमता भएका सूक्ष्मदर्शी यन्त्रहरु हुँदा हुँदै पनि अत्यंत सूक्ष्म कणहरु देख्न सक्दैनौं, अत्यंत लघु तथा अत्यंत उच्च आवृत्तिका तरंगहरु सुन्न सक्दैनौं र प्रत्येक अणुको स्पर्श अनुभव गर्न सक्दैनौं। अर्को शब्दमा भन्नेहो भने जसरि हामि कानले आँपको प्रत्यक्ष गर्न सक्दैनौं  र कुनै पनि इन्द्रिय द्वारा अत्यंत सूक्ष्म कणहरुको अनुभव गर्न सक्दैनौं,  ठीक त्यसै गरि नै ईश्वरको पनि कुनै स्थूल र क्षुद्र इन्द्रियहरु द्वारा प्रत्यक्ष गर्न असंभव छ।
  • एक मात्र इन्द्रिय जसबाट ईश्वरको अनुभव हुन्छ; त्यो मन हो। जब मन पूर्णतः नियंत्रणमा हुन्छ र कुनै पनि प्रकारका अनैच्छिक विघ्नहरु (जस्तै प्रत्येक समय मनमा उत्पन्न हुने विभिन्न प्रकारका विचार) बाट टाढा हुन्छ। जब अध्ययन र अभ्यास द्वारा ईश्वरीय गुणहरुको सम्यक ज्ञान हुन्छ, तब बुद्धि द्वारा ईश्वरको प्रत्यक्ष ज्ञान ठीक त्यसै प्रकारले हुन्छ जसरि आँपको अनुभव उसको स्वाद बाट। यही जीवनको लक्ष्य हो र यसैको लागि योगीले विभिन्न प्रकारका उपायहरु द्वारा मनलाई नियंत्रण गर्ने प्रयास गर्दछ। यी उपायहरु मध्य केहि यस प्रकार छन्: अहिंसा, सत्यको खोज, सद्भाव, सबको सुखको लागि प्रयास, उच्च चरित्र, अन्यायको विरुद्ध लड्नु, एकताको लागि प्रयास इत्यादि।
  • एक प्रकारले हेर्नेहो भने आफ्नो दैनिक जीवनमा पनि हामीलाई इश्वरिय सत्ताको प्रत्यक्ष संकेत भेटिन्छ । जब हामि चोरी, क्रूरता धोखा आदि कुनै दुष्कर्म गर्ने चेस्टा गर्दछौं तब हामिलाई आफ्नै भित्र बाट भय, लज्जा या शंकाको रूपमा एक अनुभूति हुन्छ । र जब हामी अरुको सहायता या कुनै शुभ कर्म गर्न सुरु गर्दछौं तब निर्भयता, आनंद , संतोष, र उत्साहको अनुभव हुन्छ। यी सब ईश्वर छ भन्ने प्रत्यक्ष संकेत हो।
    यो ‘अन्तर्मनको आवाज़’ ईश्वरको तर्फ बाट हो। धेरैजसो हामीहरु आफ्नै गलत संस्कार एवं मूर्खतापूर्ण प्रवृत्तिहरुको वसमा परेर यसलाई दबाउँछौं र यो आवाज सुन्ने क्षमतालाई कम गर्दछौं। तर जतिबेला हामी अपेक्षाकृत शान्त अवस्थामा हुन्छौं, त्यति बेला हामि यस ‘अन्तर्मनको आवाज’ को तीव्रतालाई अनुभव गर्दछौं।
  • जब आत्माले आँफूलाई यी मानसिक विक्षोभहरु, हलचलहरु र तरंगहरु बाट छुटाएर यी छाद्म आनंददायी गीतहरुको संसार बाट टाढा गर्दछ, त्यति बेला ऊ स्वयं तथा ईश्वर दुवैको प्रत्यक्ष अनुभव गर्न सक्षम हुन्छ।

यस प्रकार प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै प्रकारका प्रमाणहरुले ईश्वरिय सत्ताको त्यति नै स्पष्ट अनुभव हुन्छ जति ति सबै पदार्थहरु जसलाई हामि स्थूल इन्द्रियहरु द्वारा अनुभव गर्दछौं।

प्रश्न- ईश्वर कहाँ बस्दछ ?

उत्तर: –

१- ईश्वर सर्वव्यापक छ अर्थात ऊ सबै स्थानमा रहन्छ। यदि ऊ कुनै विशेष स्थान जस्तै कुनै आकाश या कुनै विशेष सिंहासनमा विराजमान हुन्थ्यो भने ऊ सर्वज्ञ, सर्वशक्तिमान, सबको उत्पादक, नियंत्रक र विनाशक हुन सक्ने थिएन। तपाइँ जुन स्थानमा हुनुहुन्न त्यस स्थानमा तपाइँले कुनै पनि क्रिया कसरि गर्न सक्नुहुन्छ?

२- यदि तपाइँले ईश्वर एक स्थानमा रहेर सारा संसारलाई त्यसै प्रकारले नियंत्रणमा राख्दछ जसरि सूर्य आकाशमा एक स्थानमा रहेर सारा संसारलाई प्रकाशित गर्दछ या जसरि हामि दूर-नियन्त्रक (रिमोट कण्ट्रोल) को प्रयोग टेलिविजन हेर्नको लागि गर्ने गर्दछौं भन्नुहुन्छ भने तपाइँको यो तर्क अनुपयुक्त छ। किनकि सूर्यले पृथ्वीलाई प्रकाशित गर्नु र दूर-नियन्त्रकले टिवी चलाउनु यी दुवै काम सूक्ष्म तरंगहरुको संचरण द्वारा हुन्छन्। हामीले त्यसलाई दूर-नियन्त्रक यसकारणले भन्दछौं कि हामि ति सूक्ष्म तरंगहरु देख्न सक्दैनौं। त्यसैले ईश्वरले कुनै पनि वस्तुलाई नियंत्रित गर्नुले यहि सिद्ध गर्दछ कि ईश्वर त्यस वस्तुमा विद्यमान छ।

३- यदि ईश्वर सर्वव्यापक एवं सर्वशक्तिमान छ भने उसले स्वयंलाई कुनै सानो स्थानमा किन सिमित राख्ला? ईसाईहरु भन्दछन कि गड चौथो आकाशमा छ र मुसलमानहरु भन्दछन कि अल्लाह सातौँ आकाशमा आफ्नो सिंहासनमा विराजमान छ। र उनका अनुयायीहरु आँफूलाई सही देखाउनको लागि आपसमा नै लडीरहन्छन। यसको मतलब यहि सम्झनु पर्ला कि अल्लाह र गड अलग अलग आकाशमा रहनुको तात्पर्य के आफ्ना  क्रोधी अनुयायिहरुसंग डराएर हो? वास्तवमा यो एकदम बालवुद्धिको जस्तो कुरो हो। जब ईश्वर सर्वशक्तिमान छ र सबमा व्यापक भएर सारा संसारलाई नियंत्रणमा राख्दछ भने अन्य कुनै कारण छैन कि उसले स्वयंलाई कुनै सानो स्थानमा सीमित राखोस्। यदि त्यस्तो हो भने त फेरी ऊ सर्वव्यापक र सर्वशक्तिमान नै रहेन।

क्रमशः…

3 thoughts on “…वैदिक ईश्वर-३”

Leave a Reply

Your email address will not be published. Required fields are marked *