ओ३म्..
वेदमा गो हत्यारालाई मार्ने आदेश:
अरुको त कुरो छोडौं, आजभोलि हाम्रै हिन्दु समाज भित्र पनि गोमांस खाने र नखाने बिषयलाई लिएर तथाकथित समाज सुधारक, साहित्यकार, मानव अधिकारवादी, प्रगतिशील तथा कांग्रेस समर्थक राजनैतिक व्यक्तिहरु दिन प्रतिदिन व्यर्थको वाद-विवाद गर्ने गर्दछन्।
वास्तविकता त यो हो कि यिनिहरुलाई गाई, घोडा, गधा, कुकुर, बिराला या अन्य कुनै पशु तथा पंक्षी संग केहि पनि लेन-देन छैन, यिनको प्रमुख उद्देश्य सनातन धर्म र संस्कृतीको विरोध गर्नु र मुखमा डलरको काट्टो हालिदिने आफ्ना प्रभुलाई खुशी पार्नु नै हो। यस देशमा विगत २०-२२ वर्ष देखि व्यक्तिगत स्वार्थ, कुर्सि मोह र सत्ता लोलुपताको भोक ह्वात्तै बढेको छ, त्यसै कारणले सत्ताको लागि जे पनि गर्ने यिनको नीति कै कारणले अहिले यस्तो भयावह स्थितिको सिर्जना भएको छ। यदि यिनीहरुमा अलिकति पनि संवेदनशीलता या मनुष्यता हुन्थ्यो भने त आज मुस्लिम देशहरुमा जे भैरहेको छ, त्यसको विरोध गर्ने साहस अवश्य गर्ने थिए। मूल रूपमा यी सबै पाखण्डी हुन्, यिनीहरुलाई सनातन धर्म र संस्कृतीको विरोध गर्ने आर्थिक लाभ प्राप्त हुन्छ। यहि विरोधको नाउमा राष्ट्रद्रोह गर्नु यिनको स्वभाव नै बनिसकेको छ।
जसले आरोप लगाउने गर्दछन् कि हिन्दुहरुले गौको तुलनामा मनुष्यको मूल्य सम्झने गर्दैनन्, कुनै जनावरलाई कसैले मारिदियो त के भयो, जनावरको मनुष्यको तुलनामा के मूल्य छ? संसारका समस्त प्राणीहरु मनुष्य कै लागि बनेका हुन्। यिनलाई मारेर खानुमा कुनै अपराध हुन्न। संसारका सबै वस्तुहरु मनुष्यको उपयोगको लागि नै बनेका हुन्, यसको यो अभिप्राय त हुन सक्दैन कि कसैले यिनलाई नष्ट गरिदेओस्। संसारका प्राणीहरु पनि मनुष्यकै लागि हुन् तर यिनलाई मारेर खानु मात्र एक उपयोग हैन।
प्रथम कुरो त जे पनि संसारका वस्तुहरु र प्राणी छन्, ति सबै मनुष्यहरुका साझा सपत्ति हुन्, सबको लागि तिनको उपयोग हुनु पर्दछ। जसरि सबैको हित सिद्ध हुन्छ त्यस्तै उपयोग सबैले गर्नु उचित छ। संसारका वस्तुहरुको श्रेष्ठ उपयोग नै मनुष्यको बुद्धिमत्ताको कसौटी हो। कुनै मनुष्यले आफ्नै घरमा आगो लगाएर भनोस् कि काठ र दार त जलाउनको लागि नै हुन्। काठ-दार आदि दाउरा तथा इन्धनको रुपमा जलाउने काममा पनि आउँछन् र घर बनाउने पनि काम आउँछन्, यिनलाई यथोचित उपयोग गर्नु नै मनुष्यको धर्म हो।
कुनै पनि मनुष्यले अन्य कसैको अहित गरेर आफ्नो हित साध्न चाहन्छ भने उसलाई यस्तो गर्ने अधिकार दिन सकिन्न। समाजमा व्यक्तिगत आचरणको पूर्ण स्वतन्त्रता छ, तर सामाजिक परिस्थितिमा प्रत्येक व्यक्तिलाई समाजको नियमहरुको अधीनमा चल्नु पर्ने हुन्छ। जसले गाईको मासु खानुलाई आफ्नो अधिकार सम्झन्छन्, तिनले मनुष्यको मासु खान पाउने पनि अधिकार सम्झन सक्छन्। समाजमा यदि यस्तो कसैले गर्दछ भने उसलाई अपराधी मान्न सकिन्छ र उसलाई दण्डित गरिन सकिन्छ। त्यसैले सनातन धर्ममा गाईलाई नमार्न योग्य भनिएको छ।
समाजको एक वर्गले नियम-कानुनको विरोध गरेर गोमांस खाने आफ्नो अधिकार भन्छ। एक वर्ग जो बहुसंख्यक छ, गौ हत्याको अनुमति दिन्न, तब पनि यदि त्यस्तो गरिन्छ भने देश र समाज संग द्रोह गर्नु सरह हुन्छ। यस्तो परिस्थितिमा जब एक वर्गले नियम मान्न अस्विकार गर्दछ भने अर्को वर्गले पनि नियम भंग पक्कै गर्दछ, त्यसपछि जे हुन्छ, त्यो कसैको हितमा हुँदैन। कसैको गाई काट्ने मौलिक अधिकार हो भने गौ रक्षा गर्ने र गोहत्यारालाई दण्डित गर्ने पनि समस्त हिन्दुहरुको मौलिक अधिकार हो। यो दुवै स्थितिले समाजमा अराजकता उत्पन्न गर्दछ, यो समाजको हितमा छैन। हामीले समाजको हितलाई सर्वोपरि राख्नु पर्ने हुन्छ। यदि कसैले गोहत्या गरेर आँफूलाई श्रेष्ठ सिद्ध गर्न चाहन्छ भने अर्काले सुँगुरको कुरा लिएर कसैको भावनालाई आहत गर्दछ। यो संघर्ष एकदम निन्दनीय छ।
जो पनि गोहत्याका पक्षधर छन्, ति आफ्नो भोजनको चिन्तामा पूरा समाजको भोजनमाथि संकट उत्पन्न गर्दैछन्। गाईको मासु त केवल केहि मुठीभर व्यक्तिको लागि विलाशीताको आवश्यकता होला तर गाईको दुध र गौ वंशबाट प्राप्त हुने समग्र लाभ पूरा समाजको आवश्यकता हो। यो मांसाहारीहरुको लागि पनि आवश्यकता हो। यिनै मांसाहारी हरुकै कारणले गर्दा मानव समाजमा आज भयंकर संकट उत्पन्न भएको छ। हामी सबैलाई आ-आफ्नो परिवारमा दुध-दहि-घिउ-मोही-खिर-पनीर-मिठाई आदि हरेक दिन चाहिन्छ, साना-साना बाल-बालिका हरुलाई दुध चाहियो, वृद्धलाई दुध चाहियो, रोगीलाई दुध चाहियो। संसारमा आज प्रतिदिन जति दुधको आवश्यकता छ, त्यसको तुलनामा दुधको उत्पादन निक्कै कम छ, त्यसैले दुध-दहि-घिउ-पनीर-मिठाइ आदि सबै बजारमा नक्कली आइरहेकाछन्। दुध बाट बनेका हरेक वस्तुमा आज मिलावट छ, किनकि गौवंशको हत्या निरन्तर बढ्नाले यसको संख्या घटिरहेको छ। यदि यो क्रम रोकिएन र जारी रह्यो भने हाम्रा लागि डीडीटि पाउडर पानीमा घोलेर खानुको अतिरिक्त अन्य कुनै उपाय बच्ने छैन। भोजनमा यदि गोदुग्धका पदार्थलाई निकाल्दिनेहो भने केहि बच्दैन। हामि सम्झन्छौं कि कारखाना र उद्योगहरु बाट समृद्धि आउँछ, समृद्धिको वास्तविक आधार पशुधन हो। मनुष्यका जति आवश्यकताहरुको पूर्ति पशुबाट प्राप्त हुने वस्तुहरु बाट हुन्छ, त्यति अन्य कुनै पदार्थ बाट हुन सक्दैन।
जीवित पशुबाट नै हामीलाई अधिक लाभ हुन्छ, मरे पछी पनि लाभ त हुन्छ नै। स्वयं मरेका पशुको उपयोग कम छैन अतः पशु वध गर्नुपर्ने आवश्यकता छैन। गोदुग्ध र त्यसबाट बनेका पदार्थहरु बाट जहाँ मनुष्यको बल र बुद्धि तथा सात्विकता बढ्छ भने त्यहाँ मासु तमोगुणी भोजन हो, यसबाट व्यक्ति तमोगुणी हुन्छ र उसमा पशु-वृत्तिको वृद्धि हुन्छ। त्यसैले महर्षि दयानन्द सरस्वतिले आफ्नो जीवनमा घोषणा गरेका थिए कि गौवंशको नाश हुनाले राजा र प्रजा दुवैको पनि नाश हुन्छ।
अहिले नेपालको नाश गर्नको लागि विदेशीहरु तथा भित्रबाट अंग्रेज र बाहिरबाट नेपाली देखिने स्वदेशीहरुले हाम्रो समृद्धिको दुई वटा सूत्र- एउटा हाम्रो शिक्षा जो हाम्रो विचार र चिन्तनको उत्कर्षको आधार थियो त्यसलाई लगभग नष्ट गरिसके तथा दोस्रो पशु धन विशेष रूपमा गौवंश हो हाम्रो समृद्धिको मूल हो त्यसलाई नाश गर्नको लागि यस देशलाई दरिद्र बनाउँदै छन्। तिनकै दलालहरुको रूपमा जसले यस देशमा तीनिहरूबाट पोषण पाउने गर्दछन्, तिनकै इशारामा काम गर्दैछन् र यो सब तिनकै षडयन्त्र हो। तिनीहरुले नै गाईको मासु खान पाउने मौलिक अधिकार हो भन्ने जस्तो कुरो उठाएर विवाद उत्पन्न गराउँदैछन्। सत्य सनातन वैदिक संस्कृतिलाई बद्नाम गर्ने र विदेशमा देशको छवि बिगार्ने काम गर्दैछन्।
गाई हाम्रो मात्र पहिचान हैन, सबैको हो। गाई उपयोगिताको दृष्टिले दुध नदिए पनि उपयोगी छ। त्यसको गोबरबाट उत्कृष्ट मलखाद र मूत्रबाट अमृत सरि औषधको निर्माण हुन्छ। विगत केहि वर्ष देखि गाईमा गरिएको अनुसन्धानले सिद्ध गरिदिएको छ कि गाईले आफ्नो दुग्ध उत्पादन बाट केवल हाम्रो भोजनको समृद्धि बढाउने मात्र हैन, अपितु आफ्नो गोबरबाट माटोको उर्वरा-शक्ति बढाउने र संरक्षण पनि गर्दछ। गोमूत्रबाट अमेरिका जस्तो देशमा क्यान्सरको औषधि निर्माण हुँदैछ। भारतमा महर्षि दयानन्दले आफ्नो जीवन कालमा गौवंशको रक्षाका लागि निक्कै प्रयत्न गरेका थिए। गोहत्याको विरोधमा करोडौं मानिसहरुको हस्ताक्षर संकलन गरेर महारानी विक्टोरियालाई अवगत गराएर गोहत्या बन्द गर्ने आन्दोलन चलाएका थिए। उहाँको उत्कृष्ट रचना मध्ये एक ‘गोकरुणानिधि’ मा एउटा गाईको जीवन भरिको दुधबाट कति जना मानिसको पालन-पोषण हुन्छ तथा त्यसको मासुबाट एक पटकमा कति जनाको पेट भरिन्छ, यसको तुलना गरेर गौ-अर्थशास्त्र सम्झाएका छन्।
गाईलाई सनातन धर्ममा पवित्र मानिएको छ, यो केवल एक धार्मिक भावनाको मात्र प्रश्न हैन। आज गाईको दुधको गुणकै कारण हामीले पूजा गर्ने गाईको नस्ल (जर्शी हैन) संरक्षण ब्राजील र डेन्मार्क जस्ता देशमा गरिदै छ। त्यहाँ गौ संवर्धनको कार्य निक्कै व्यापक स्तरमा गरिदै छ। यस्तो परिस्थितिमा हाम्रो देशमा यस किसिमको विवाद निन्दनीय र चिन्ताजनक छ।
हाम्रा गाईको तुलनामा विदेशी नस्लका गाईहरूको दुध तथा त्यसको यत्पादनमा कति विष छ भन्ने कुराको निक्कै ठूलो मात्रामा अनुसन्धान भैसकेको छ। हाम्रो स्थानीय गाई आज समाप्त हुने कगारमा छ। यस्तो परिस्थितिमा यस्तो विवाद स्वयं प्रेरित भएको भनेर भन्न सकिन्न। जसले सामाजिक ताना-बानालाई तोडेर राष्ट्रको प्रगति रोक्न चाहन्छन्, यो त्यस्तै मानिसको काम हो।
भोजनको स्वतन्त्रताको नाउमा जसले सनातन परम्परा, सामाजिक ढांचा तथा कानूनलाई तोड्न चाहन्छन्, तिनलाई यो पनि अवश्य ज्ञात होला कि स्वतन्त्रताको कुरो तब मात्र आउँछ, जब हामि संग कुनै वस्तु सर्व सुलभ होस्। यदि कसैले उसलाई गोमांस खाने स्वतन्त्रता र अधिकार छ भनेर सम्झन्छ भने के गोमांस खानेहरुको अधिकारले गोदुग्ध खानेहरुको अधिकार समाप्त हुन्छ र? गोमांस र गोदुग्धको अधिकारमा गोमांस खाने कुरो गर्नु केवल बौद्धिक दरिद्रताको पहिचान हो।
नयाँ नयाँ वैज्ञानिक खोजहरुले सिद्ध गरेका छन् कि प्राणिहरुको हिंसा र निरन्तर बढ्दै गरेको क्रूरताले पृथ्वीको पर्यावरण सन्तुलन बिग्रिदै गएको छ। प्राणिहरुको हत्या गर्ने कार्य नयाँ प्रविधि र विज्ञानको प्रयोग बाट निक्कै ठूलो स्तरमा चलाइदै छ, यसमा क्रूरता पनि त्यति नै बढेको छ। मनुष्यले छालाको लोभमा पशुको गर्भस्थ शिशुहरुको हत्या गर्दछ र भोजनको नाममा पशुलाई भयङ्कर यातना दिन्छ। यस्तो यातनाबाट मनुष्यको स्वभाव पनि क्रूर हुँदै गएको छ।
आजभोलि हाम्रो समाजमा बालक देखि वृद्ध सम्म, गाउँ देखि नगर सम्म सबैको स्वभावमा असहिष्णुता र क्रूरताको समावेश भएको छ; यसको प्रमुख कारण हाम्रो व्यवहारमा आएको हिंसा नै हो। जुन धर्ममा दया, करुणा र संयमताको स्थान हुन्न, त्यसलाई धर्म भन्नु नै उचित छैन। अहिंसा, दया, करुणा र संयम बिना समाजमा कदापि मर्यादाको रक्षा गर्न सकिदैन। गौ आदि प्राणिहरुको रक्षण र पालन बाट समृद्धिका साथ सद्गुणहरुको पनि समावेश हुन्छ। केहि मानिसहरुले गाईलाई माता भन्ने बिषयमा व्यङ्ग्य तथा ठट्टा गर्ने प्रयत्न गर्दछन्। यस्ता मुर्ख तथा लाल-बुझक्कड हरुलाई थाहा नै छैन कि यी शब्दहरुको भावनात्मक मूल्य के छ?
सनातन वैदिक संस्कृतीमा संसारका हरेक पदार्थहरुको गुणलाई सम्झने र तिन बाट लाभ उठाउने तथा ति संग आत्मीय भाव विकसित गर्ने मान्यता छ। जो संग मनुष्यको आत्मीय भाव हुन्छ, मनुष्यले तिनको रक्षा गर्दछ र ति वस्तुहरु संग प्रेम गर्दछ। आफ्नो पालन-पोषण गर्ने भूमिलाई पनि माता भनिन्छ र गाईलाई पनि। सबन्धमा ठूलो गुरु तथा राजा आदिकी पत्नीलाई पनि माता नै भनिन्छ। यो शब्दले सम्मान र त्यस प्रति कर्त्तव्यको बोध गराउँछ।
जसले गाईको मासु खान पाउने आफ्नो अधिकारहो भन्ने गर्दछन् र ईश्वरले समस्त पशु-पंक्षीहरु मनुष्यको भोजनको लागि नै बनाएको हो भनेर कुतर्क गर्दछन् भने तिनीहरु संग एउटा प्रश्न सोधौं- के सुँगुर र बंगुरलाई ईश्वरले नबनाएर कुनै मनुष्यले बनाएको हो? र यिनलाई पनि यदि ईश्वरले नै बनाएको हो भने के ईश्वरले अपवित्र वस्तु र प्राणी बनाउने गर्छ? वस्तु तथा प्राणिहरुको पवित्रता र अपवित्रता मनुष्यको अपेक्षाले हुन्छ। परमेश्वरको लागि सारा रचना पवित्र नै छ। जहाँ सम्म मनुष्यले स्वयंलाई पवित्र सम्झने गर्दछ, एक पटक योग दर्शनको पंक्ति स्मरण गर्नु पर्छ जहाँ मनुष्यको शरीर जन्म देखि मृत्यु सम्म अपवित्रताको पर्याय हो भनिएको छ। फेरी कुनै प्राणी रचनाको दृष्टिले कसरि पवित्र-अपवित्र हुन्छ? परमेश्वरको सारा रचना पवित्र छ। मनुष्यले आफ्नो ज्ञान, रुचि एवं आवश्यकता अनुसार वर्गीकरण गर्न सक्छ।
आज गौवंशलाई बचाउनको लागि जनचेतना जगाउनु र गोहत्यारालाई मृत्युदण्डको व्यवस्था गरिनु पर्छ। वेदमा त गोहत्यारालाई मार्ने विधान स्पष्ट छ। यो विवादित बिषय तिनीहरुको लागि हुनसक्छ जसले वेदमा गोहत्या गर्ने विधान छ भनेर मिथ्या आरोप लगाउने गर्दछन्। वेदले त स्पष्ट रुपमा आदेश दिन्छ कि – यदि कसैले तिम्रा गाई, घोडा, पुरुषको हत्या गर्दछ भने त्यसलाई सिसाको गोलीले मारिदेउ। मन्त्र यस प्रकार छ-
यदि नो गां हंसि यद्यश्वं यदि पूरुषम् ।
तं त्वा सीसेन विध्यामो यथा नोऽसो अवीरहा ॥ – अथर्ववेद: १/१६/४
अस्तु..
नमस्ते..!
-(हार्दिक आभार: – स्व. डा. धर्मवीर)