ओ३म्..!
वेदमा ‘ओ३म्’ शब्द:
उपनिषदहरुमा भनिएको छ:-
अंगुष्ठमात्रः पुरुषोsन्तरात्मा सदा जनानां हृदये सन्निविष्टः ।।
(कठ उपनिष्द् ६ । १७)
त्यो अन्तर्यामी परमात्मा सबको हृदयमा विराजमान छ ।
’वि’ र ’अन्’´ शब्दको व्याख्या:
शंका: ५- ’वि’ र ’अन्’´ शब्दबाट प्रकृति र जीव अर्थको ग्रहण कसरि हुन्छ ?
समाधान:- ’अन्’ शब्दको अर्थ जीव त प्रत्यक्ष नै छ । किनकि (अनिति, प्राणिति, जीवतीति = अन्) ’अन्’ धातुको अर्थ जिउनु हो। ’जीव’ धातुको जुन अर्थ छ, त्यहि अर्थ ’अन्’ धातुको पनि छ । अतः ’जीव’ र ’अन्’ शब्द एकै अर्थको प्रकाशक हुन् । यसै ’अन्’मा ’प्र’ उपसर्ग जोड्नाले प्राण शब्द बन्दछ । यस प्रकार अप+अन् = अपान्; सम+अन् = समान, उद्+आ+अनः = उदान, वि+आ+अन = व्यान शब्द बन्दछन् । केवल भेद यत्ति छ कि अन् शब्दमा नकार ’हल’ छ। त्यसैले अन् धातु बाट ’क्विप्’ प्रत्यय गर्दा हलन्त ’अन्’ शब्द सिद्ध हुन्छ। ’अन्’ र ’अन’ मा कुनै भेद छैन । यस्ता प्रयोग संस्कृतमा निक्कै आउँछन् । जस्तै: ’तज्जलान्’ यो छांदोग्योपनिषद् तृतीय प्रपाठक चतुदर्शखण्ड प्रथमानुवाकको वचन हो । यसमा ’तत्+ज+ल+अन्’ शब्द छ। यहाँ पनि अन् धातु बाट ’क्विप्’ प्रत्यय नै छ । अतः ’अन्’ शब्दको अर्थ जीवात्मा सिद्ध भयो। ’ओ३म्’ शब्दको अर्थ त परमात्मा प्रसिद्ध नै छ । अब रह्यो ’वि’ शब्द । फलित बाट नै ’वि’ शब्दको अर्थ प्रकृति निस्कन्छ । किनकि परमात्मा र जीवात्माको अर्थ दिने शब्द त यसमा विद्यमान छ नै। अतः ’वि’ शब्दको अर्थ शेष प्रकृतिको अतिरिक्त अन्य के होला? व्याकरण शास्त्रको एक नियम छ:-
सहचरितासहचरितयोः सहचरितस्यैव ग्रहणम् ।। (परिभाषा १११)
यहाँ यस हेतुले परमात्मा र जीवात्मा वाचक ओ३म्+अन् शब्दका साथ पठित ’व’ शब्दको अर्थ प्रकृति नै होला, अन्य हैन।
द्वीतीय अर्थ: अथवा (व्योमन्) शब्दमा ’वि+ओम्+अन्’ जुन तीन शब्द छन्, तिमध्ये (विशेषण+अनिति प्राणयति जीवान् यः स व्यन्) ’व्यन्’ (वि+अन्) ’ओ३म् शब्दको विशेषण पनि हुन सक्छ । जुन ’ओ३म्’ ब्रह्मले सब प्रकारले जीवहरुलाई जीवित गरिरहेको छ, त्यो ’व्यन्’ हो। यस प्रकार यसका अनेक अर्थ हुन्छन्।
अब यहाँ हेरौं कि यास्काचार्यले पनि यसका तीन अर्थ नै देखाएका छन् । ब्रह्म, जीव र आदित्य यी तीनै पदार्थहरुमा यो मन्त्र घट्छ। ’आदित्य’ पद बाट प्रकृतिको ग्रहण हुन्छ। यसबाट पनि सिद्ध हुन्छ कि यो मन्त्रले तीन पदार्थहरुको नै वर्णन गरिरहेको छ । अतः यो स्पष्ट सिद्ध छ कि ’व्योमन्’ शब्दमा तीन पद छन्।
’व्योमन्’ शब्द निर्विभक्तिक हुनाको कारण:
सबैलाई यो अवगत छ कि ’व्योमन्’ शब्दमा विभक्ति छैन। उसको लोप भएको छ । ’व्योमन्’ शब्द वेदहरुमा जहाँ-जहाँ आउँछ, त्यहाँ-त्यहाँ प्रायः विभक्तिको लोप नै देखिन्छ । किन ? किनकि यसको मध्यगत शब्द ’ओ३म्’ हो र यो ’अव्यय’ हो । अतः यसको योग बाट यी दुई पनि अव्ययवत् नै प्रयुक्त भएका छन्। यथाः
देवा वा एतस्यामवदन्त पूर्वे सप्त ऋषयस्तपसे ये निषेदुः ।
भीमा जाया ब्राह्मणस्योपनीता दुर्धां दधाति ’परमे व्योमन्’ ।। (अथर्व॰ ५ । १७ । ६)
एवं सधस्थाः परि वो ददामि यं शेवधिमावहाज्जातवेदाः ।
अन्वागन्ता यजमानः स्वस्ति तं स्म जानीत् ’परमे व्योमन्’ ।। (अथर्व ६ । १२३ । १)
यद्देवा देवान् हविषा यजन्तामर्त्यान् मनसा मर्त्येन ।
मदेम तत्र ’परमे व्योमन्’ पश्येम तदुदितौ सूर्यस्य ।। (अथर्व ७ । ५ । ३)
यहाँ केवल तीन उदाहरण मात्र दिइएको छ। चार वेदमा यो ’परमे व्योमन्’ शब्द अनेक पटक आएको छ । त्यहाँ सर्वत्र नै सप्तमी विभक्तिको प्रायः लोप पाइन्छ।
महर्षि पाणिनिको जो यो- “सुपां सुलुक्पूर्वसवर्णाच्छेयाडाड्यायाजालः” (अष्टाध्यायी ७/१/३९) सूत्र छ, यसले वेदमा ’सुप्’ को स्थानमा ’सु’ र लोप आदि विधान गर्दछ । त्यसैले केवल ’व्योमन्’ शब्दको लागि मात्र हैन ।यो एक सामान्य सूत्र हो। तब के कारणले ’व्योमन्’ शब्द जहाँ-जहाँ आएको छ, त्यहाँ-त्यहाँ प्रायः सप्तमी विभक्तिको लोप भएको पाइन्छ? यसबाट वेदको कुनै गूढ तात्पर्य प्रतीत हुन्छ । वेदको तात्पर्य अत्यन्त गूढ छ। लाखौँ मनुष्यहरुमध्ये कसै-कसैले मात्र त्यसलाई जान्दछन्। त्यसैले वेदमा ’ओ३म्’ शब्द नै छैन भन्नु ठीक हैन। जसरि प्रकृति र पुरुषका मध्यमा नै ब्रह्म विराजमान छ; तर कसैलाई देखाइ दिन्न, त्यसै प्रकार ’ओ३म्’ शब्द पनि सब वेदमा छ, तर सब मनुष्यहरुलाई देखाइ दिन्न।
क्रमशः..
ज्ञान का किराहरु।। इश्वर को नामहरुको व्याख्या गरिदिनु पर्यो।
ओ३म्
भाइ, नमस्ते.!
सत्यार्थ प्रकाश प्रथम समुल्लास पढ्नुस है..