ओ३म्
पुरुष सम्राट होस् नहोस् नारी साम्राज्ञी हुन सक्छिन्
नारीलाई साम्राज्ञी घोषित गर्ने सम्बन्धमा वेद भन्दा अधिक उदात्त उपकारक उद्गार अन्यत्र कहाँ भेटिएला! आउनुहोस! केहि निदर्शन गरौँ।
यथा सिन्धुर्नदीनां साम्राज्यं सुषुदे वृषा।
एथा त्वं सम्राज्ञ्येधि पत्युरस्तं परेत्य।। (अथर्ववेद: १४/१/४३)
(यथा) जसरि (वृषा) बलवान् (सिन्धुः) समुद्रले (नदीनाम्) नदिहरुको (साम्राज्यं) साम्राज्य- चक्रवर्ती राज्य आफ्ना लागि उत्पन्न गरेको छ, हे वधू! (एव) त्यस्तै (त्वम्) तिमी (पत्युः) पतिका (अस्तम्) घरमा (परेत्य) पुगेर (सम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु।
सम्राज्ञ्येधि श्वशुरेषु सम्राज्ञ्युत देवृषु।
ननान्दुः सम्राज्ञ्येधि सम्राज्ञ्युत श्वश्रवाः।। (अथर्ववेद: १४/१/४४)
हे वधू ! तिमी (श्वशुरेषु) आफ्नो ससुरा आदि गुरुजनहरुका बीच (साम्राज्ञी) राजराजेश्वरी (उत) र (देवृषु) आफ्ना देवरहरु आदि कनिष्ठहरुका बीच (साम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु। (ननान्दुः) आफ्नी नन्दकी (साम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु (उत) र (श्वश्रवाः) आफ्नी सासुकी (साम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु।
हामीले देख्यौं कि वेदले स्थान-स्थानमा नारीलाई साम्राज्ञीको रूपमा सम्बोधित गरेको छ। आउनुहोस्, यसको समीक्षा गरौँ यो मात्र कोरा कल्पना हो या यसमा कुनै वास्तविकता पनि छ। पुरुष चाहे नोकर होस्, अधिकारी होस, मन्त्री या महामन्त्री जेसुकै होस्, त्यो आँफू भन्दा उच्चपदस्थ व्यक्तिको आधीनतामा अवश्य रहन्छ। राष्ट्राध्यक्ष भए पनि उ आफ्नो संसदको नियन्त्रणमा रहनु पर्ने हुन्छ। यदि उ उच्छृङ्खल या तानाशाह हुन्छ भने एक दिन केवल उसका पतन मात्र हुँदैन, प्रत्युत उसको हत्या पनि गरिन्छ। प्राचीन-अर्वाचीन इतिहासमा यस्ता उदाहरणहरु भरिएका छन्। त्यति मात्र हैन, नवीन उदाहरणहरु पनि सुन्न र देख्नमा आइरहेका हुन्छन्।
नारीको पक्षमा विचार गर्दा हामि देख्छौं कि नारी चाहे शासक-प्रशासक-अधिकारी-कर्मचारी या नोकरकी पत्नी नै किन नहुन्, केवल पत्नी हुन्छिन्। पत्नी हुनाले नै उनी गृहलक्ष्मी, देवी र घरकी रानी बन्छिन्। परिवार चाहे वृहद होस् या लघु, सम्पन्न होस् या विपन्न, सुविधा-असुविधाको हरेक दशामा उनी घरकी सूत्रधारिणी हुन्छिन्।
प्रस्तुत मन्त्रको भावभूमिलाई स्पर्श गर्यौं भने अवगत हुन्छ कि नदिहरु पर्वत बाट बहदै गएर समुद्रलाई आफ्नो जल दिइरहन्छन्। जलका साथमा जगतका त्याज्य पदार्थ पनि समुद्रमा गइरहन्छन्। समुद्रले संसारको क्षारियपनलाई सहन गरिनै रहन्छ। किन्तु सूर्य किरण रूपी हात द्वारा मेघलाई आफ्नो शुद्ध जल प्रदान गरेर वर्षाबाट पुनः नदिहरुमा भरिदिन्छ। यस्तै गरि नारीले पनि आफ्नो घरको भाव-अभाव, सुख-दुःखलाई सहन गर्दै परिवारजनको पोषण गर्नु पर्दछ, किनकि उनी पनि समुद्र झैं धीर-गम्भीर साम्राज्ञी जो ठहरिन्। मन्त्रमा परिवारका सबै ठूला-साना पुरुष-स्त्रीका साथ वधूलाई साम्राज्ञी सरह व्यवहार गर्ने निर्देश छ। साम्राज्ञीको साम्राज्य स्वयं शब्द-ध्वनिबाट नै ध्वनित छ। जो (साम+राज्य) सबै प्रति मधुर या प्रिय व्यवहारको सूचक हो।
पति महोदयले मासिक तथा दैनिक आय या तलब घरमा ल्याएर पत्नीको हातमा सुम्पिदिन्छ र निश्चिन्त हुन्छ। घरको सारा व्यवस्था पत्नीले नै गर्नु पर्ने हुन्छ। पुरुष प्रातः घरबाट निस्केर रात्रिमा घर आउँछ। घरको स्वच्छता, वस्तुहरुको स्याहार-सम्भार तथा आपूर्ति-प्रबन्धको योजना गृहिणीले नै बनाउनु पर्दछ। परिवारमा पति भन्दा ठूला-साना स्त्री-पुरुष-बाल-बालिकाहरुको ध्यान उनले नै राख्नु पर्ने हुन्छ। यस प्रकार पत्नीको अनुशासनले नै घरमा सुखको साम्राज्य बढ्छ। यसमा पति महोदयको भूमिका एक सहायकको अवश्य हुन्छ। पतिले एकपटक आफ्नो आय या पारिश्रमिक पत्नीको हातमा त सुम्पिन्छ तर विस्तारै-विस्तारै उनी संग मागी-मागी व्यय पनि गर्दै जान्छ। यस प्रकारले समस्त आय चाहे व्यय नै किन नहोस्, पारस्परिक समझदारीबाट सौहार्दताको वातावरण पनि सृजना हुन्छ। पत्नीले अनजानमा नै सहि, केहि न केहि भविष्यको लागि भनेर बचत पनि गरेकी हुन्छिन्।
केहि व्यक्तिले उनको आय या पारिश्रमिकको बारेमा पत्नीलाई सुइँको पनि लाग्न दिन्नन् र आफ्नो कमाई पत्नीलाई छुन पनि दिन्नन् । आफ्नो या घरको सानो-तिनो आवश्यकताको माग पत्नीले पति संग गर्नु पर्ने हुन्छ। कहिले काहीं त मागको पूर्ति पनि हुन्छ तर कहिले भने हुन्न पनि। यस्तो दशामा पति-पत्नी विच एक स्वस्थ संतुलन बन्न सक्दैन। पत्नीले पतिको कमाई अधिक छ भन्ने सम्झेर आफ्नो माग बढाउन पनि सक्छिन् अथवा कम सम्झेर सामान्य पूर्ति पनि रिक्त रहन सक्छ। हातका औंलामा गन्न सकिने केहि अति सम्पन्न उच्च पदस्थ एवं व्यापारिक परिवारलाई अपवादका रूपमा छोडिदिउं, जहाँ असीम आय-व्ययको स्वयं स्वामीलाई पनि थाहा हुन्न, त्यहाँ पनि पारिवारिक माग लगभग सबको समान नै हुन्छ। मूल्यको कोटि या गुणवत्तामा अन्तर चाहे किन नहोस् तर जन्म, मृत्यु, विवाह, नामकरण, यज्ञोपवीत, पर्व, पूजन, यज्ञ-दान, शिक्षा, अतिथि-सत्कार आदि कृत्य त सबैलाई गर्नु नै पर्ने हुन्छ।
घर भन्दा बाहिर जे पनि हुन्छ त्यो सबै व्यापार हो, घर भित्र जो रहन्छ त्यो परिवार हो। दुवै क्षेत्रमा आचार-विचार एवं व्यवहारको एक सौम्य धरातलको आवश्यकता छ। घरमा यसको अधिक “आहार’ एक मुख्य पोषक कारक हो। बजारको भोजनालय कुनै स्थायी व्यवस्था हैन। स्थायी रूपले भोजनको लागि हरेक व्यक्तिलाई परिवारमा नै आउनु पर्ने हुन्छ। यो सुस्वादिष्ट, स्वास्थ्यवर्धक भोजन गृहिणी द्वारा नै पस्कने गरिन्छ। भोजनको हरेक गासका साथमा पति र परिवारजनलाई यथायोग्य सम्बन्धबाट संलिप्त गृहिणीको मनोहर रम्य मोहक भव्य भावनाहरु प्राप्त हुन्छ, जसबाट उक्त रुखो-सुखो भोजनले पनि अमृतको रूप धारण गर्दछ। कहीं पढिएको थियो कि ब्रिटेनकी पूर्व प्रधानमन्त्री स्व.श्रीमती मार्गरेट थ्याचरको सबभन्दा रुचिकर कार्य थ्यो – परिवारको लागि भोजन पकाउनु र खुवाउनु। भारतीय पूर्व प्रधानमन्त्री स्व. श्रीमती इन्दिरा गांधीको विषयमा पनि यस्तै सुनिएको थियो। शासनाध्यक्षाको पद पाएर पनि उनलाई गृहिणीको पदले लोभ्याइ रहन्छ। किनकि अन्य कुनै पनि पदबाट त एकपटक अवस्य हट्नु पर्छ तर गृहस्थकी साम्राज्ञीको पदबाट भने उनलाई कसैले कहिल्यै हटाउन सक्दैन।
पति त कुनै-कुनै मात्र शासक या सम्राट् हुन सक्छ तर पत्निहरु भने सबै साम्राज्ञी हुन सक्छन्। पत्नीलाई साम्राज्ञी बनाइ राख्ने वेद-सन्देशको जहाँ अवहेलना हुने गर्दछ, पत्निहरुलाई उपश्रेणीय या निम्न सम्झने गरिन्छ अथवा उनको निष्कासन या परित्यागको अप्रिय प्रसंग उत्पन्न हुने गर्दछ, त्यहाँ परिवारको आनन्द-सुख-साम्राज्यको पतन हुन्छ र त्यहाँ नरकको वेदनापूर्ण साम्राज्यको अन्धकार छाउँछ।
पत्नी साम्राज्ञी बनेर स्वच्छन्द स्वेछाचारिणी कदापि बन्दैनन्, प्रत्युत उनी (पत्युरनुवृता – अर्थववेद:१४/१/४२) पतिको व्रत-संकल्प अनुरूप बनेर उसकी सच्चा सहधर्मिणी सिद्ध हुनेछिन्। आउनुहोस् ! वेदको सन्देशलाई स्वीकार गरेर आफ्नै भलाईको लागि पत्नीलाई आफ्नी साम्राज्ञी बनाऔं। अस्तु.
नमस्ते..!
“अन्तर्राष्ट्रिय नारी दिवस”को हार्दिक शुभकामना सहित…!
- (हार्दिक आभार: पं. देवनारायण भारद्वाज)
please issue hindi me like ke bhej dean
पुनीत जी, यह नेपाली स्तम्भ है, आपको हिन्दी स्ताम्भ में यह लेख मिलजायेगा..खोजिए..
धन्यवाद
https://www.google.co.in/amp/s/truthabouthinduism.wordpress.com/2013/06/20/the-fake-translation-saga/amp/
Sir ,Pls write Counter article In english Language.
ओ३म्
हरी भाई, नमस्ते..!
हामीलाई आफ्नै मातृभाषा प्यारो लाग्छ..!
Ati Sundar Rachana Daju.
धन्यवाद भाइ. ओ३म्..नमस्ते..!