नेपाल संवत र यसको महत्व:

नेपाल संवत र यसको महत्व:

SANKH

नेपाल संवत र यसको महत्व:

प्रेम आर्य

दोहा, कतार बाट

सृष्टि सम्वत्: १,९६,०८,५३,११८

नेपाल सम्वत: ११३८, कछला-२५, बुधबार

तिथि: पंचमी

पक्ष: कृष्ण

अयन: दक्षिणायन

ऋतु: शरद

बिक्रम संवत्: २०७४, कार्तिक-२२ गते

ईसाई सम्वत्: २०१७, नवम्बर-०८

यो नेपालमा प्रचलित एक चन्द्रमासमा आधारित साल हो। विशेषगरी नेवार समुदायले प्रत्येक वर्ष गोवर्धन पर्वका दिन नयाँ बर्ष मनाउने ‘नेपाल संवत्’ को क्रमिक रुपमा नेपाल भरि नै यसको लोकप्रियता बढ्दै गएको पाइएको छ र यसलाई औपचारिक रुपमा नेपालको राष्ट्रिय मान्यता पनि दिइनु पर्दछ। यसलाई देशभरी नै विशेष पर्वको रुपमा मनाउनु पर्दछ।

नेपाल संवतका प्रवर्तक शंखधर् साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत थालिएको हो। नेपाल सम्वत आज भन्दा ११३७ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्को औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ

राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाझी गरेर राजालाई ‘यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौंमा छ । त्यसै दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ ।

महिनाहरू:

  • कछला:–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयलापनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सुर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
  • थिंला:– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
  • पोँहेला:– पोँ असिना र हिउ पर्ने जाडो महिना भनिन्छ ।
  • सिल्ला:– पहिला पहिला बिफरले मानिसहरुलाई सताउथ्यो, त्यसैले सितला माईको पूजा गर्दथ्यो, जसबाट सिल्ला हुन गयो । यो महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
  • चिल्ला:– चिरस्वायगुला, फागु पुर्णिमा, बसन्त ऋतृको आगमन हुने महिना भनिन्छ ।
  • च्वला:– …………………………..
  • बँछला:– बिक्रम सम्वतको पहिलो महिना मानिन्छ ।
  • तँछला:– तथागतछला भन्न सकिन्छ तथागत भनेको बुद्ध हो । बुद्ध सम्वतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
  • देल्ला:– आजकाल दिल्ला भनिन्छ । यो देश भरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
  • गुँला:– गुँला भनेको सुनसान ठाउँ जहाँ पुर्खाहरु बसोबास गर्दछन भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपुर्णिमा जूतो घर पबित्र गर्नेको रुपमा लिईन्छ ।
  • ञला:– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्रा गर्दछ ।
  • कौला:– कौला भनेको केही खाने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।

-सन्दर्भ: स्वतन्त्र विश्वकोश नेपाली विकिपिडिया र अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *