कोहि पनि ठूलो-सानो छैन, सबै मानवव समान हौँ..!
एक जना अत्यन्तै कट्टर रुढीवादी, जातिवादी तथा छुवाछुतवादी पण्डित थिए र उनकी एउटी अत्यन्तै उदारवादी तथा समझदार पत्नी थिइन्। उनि समाजका विकृति र रुढीको घोर विरोधी थिइन्। एक दिन पण्डितलाई पानी तिर्खा लाग्यो। संयोगवश् घरमा पानी थिएन। त्यसैले पण्डितनी बोइले छिमेकीको घरबाट पानी ल्याएर पण्डित बाजेलाई दिइन् । पानी खाइसके पछी पण्डित बाजेले प्रसंशा गर्दै सोधे-पानी त निकै सितल रहेछ, पूर्ण सन्तुष्टि भयो; कहाँबाट ल्यायौ हँ?
पण्डितनी: छिमेकीको घरबाट।
पण्डित बाजेले यो सुन्ना साथ् उक्त अम्खोरा बाहिर आँगनमा घुइक्याई दिए र आफ्नो पारो चढाएर जोर संग चिच्याउन थाले।
पण्डित: हरि ओम्…हरि ओम्..! अरे कुलंघार, तैंले मेरो धर्म भ्रष्ट गरिस्। कामीको घरको पानी खुवाइस्।
पण्डितनी बोइले आफ्नो लोग्नेको रिस देखेर डरले थर-थर काम्न थालिन् र पण्डित संग क्षेमा मागिन्।
पण्डितनी: अब देखि यस्तो भूल हुने छैन।
साँझ पण्डित बाजे जब खाना खान बसे तब पण्डितनीले उनलाई सुख्खा रोटि मात्र थालमा पस्कि दिइन।
पण्डित: आज साग बनाइनौ?
पण्डितनी: बनाएकी त थिएँ तर फाली दिएँ। किनकि जुन कराहीमा त्यो पाकेको थियो, त्यो त्यहि कामीले बनाएको थियो।
पण्डित: राम…राम..राम..! तँ बहुलाउन त बहुलाइनस्। कराहीमा पनि कहीं छुत-छात् हुन्छ?
यस्तो भन्दै पण्डित बाजेले दुई-चार गास खाए र फेरी भने-
पण्डित: पानी भए पनि त देउ अब।
पण्डितनी: पानी पनि छैन, पानी भर्ने भाँडो नै छैन।
पण्डित: गाग्री-घैंटा खै र कहाँ गए?
पण्डितनी: गाग्री र घैटो त मैले फाली दिएँ किनकि त्यो टमटा र कुमालेको हातले बनाएको थियो नि।
पण्डितले फेरी दुई-चार गास अरु खाए र भने-
पण्डित: दुध छ भने देउ न; त्यसमा रोटि मुछेर भए पनि खान्छु।
पण्डितनी: दुध पनि मलखादमा फाली दिएँ किनकि गाई दुहुने ग्वालो पनि कामि केटो नै थियो।
पण्डित: ओहो…! तैंले पनि हद गर्छेस्, यत्ति पनि जान्दैनेस् कि दुधमा छात्-छुत लाग्दैन।
पण्डितनी: ओहो… म त यो बुढा देखि हुक्कै भएँ भन्या, यो छुत-छात् पनि कस्तो रैछ कुन्नि, जुन पानीमा लाग्ने तर दुधमा नलाग्ने?!
टाउको भित्तामा ठोक्छन् कि क्याहो झैं गरि पण्डित बाजेलाई रिस त भयङ्कर उठ्यो तर रिसले थरथर काँपेको स्वरमा बोले-
पण्डित: हरे..शिव..! यो कुलंगारले त मलाई चौपट बनाउने भै नि..! जा, अब खटियामा केहि लगाईदे मलाई नींद्रा लागेको छ ।
पण्डितनी: खटिया..! त्यो त मैले भाँच-कुच पारेर फाल्न लगाएँ किनकि त्यो पनि तल्लो जातको मान्छेले बुनेको थियो नि।
पण्डित बाजे जोरले चिच्याए !
पण्डित: सबमा आगो लगाइदे अब; घरमा केहि बच्या छ कि नाइँ?
पण्डितनी: अँ ! घर बचेको छ त । यो पनि भात्काउन बाँकि छ, किनकि यो पनि त तल्लो जातिका मिस्त्री र मजदुरहरुले बनाएका हुन् नि।
पण्डित बाजे केहि बेर सम्म गमक्क परिरहे र फेरी बोले-
पण्डित: हेर् बुढी, तैंले आज मेरा आँखा खोलिदिइस्। मेरो छुद्र व्यवहार र तुच्छ सोंच कै कारणले घरमा यो सब नहुने नहुने वितण्डा भैरहेको थियो र हाम्रो समाजमा पनि म जस्तै सोंच भएका मानिसहरुका कारण यत्रो भेदभाव र असहिष्णु भैरहेको छ। वास्तवमा कोहि पनि मानिस ठूलो-सानो तथा उच-निच भन्ने हुँदैन। हामि समस्त मानव समान हौँ। सबैमा तेरो जस्तो विचार भैदिएको भए समाजमा अहिले यस्तो असमानता तथा भेदभाव हुने नै थिएन है..! ओ३म्..तत्सत्…!
नमस्ते..!
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन ,
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन..!
-महाकवि लक्ष्मी प्रसाद देवकोटा
Namaste arya verr is lekh ko Hindi mein bheje in kripya ?agar samay mile to dhanyvaad?
ओ३म्..
पुनीत जी, नमस्ते..!
समय मिला तो अवश्य उपलब्ध होगी प्रतीक्षा करें..
धन्यवाद
Aapke bhheema ne sirf dalito ko dekha. Kya bhheema dalito ke alava kisi or ke upar nirbhar nahi tha. Aazadi ki ladai me bheema Kyo nahi mara gaya.us azadi me zyada tar bramhan saheed huye. Yadi bipr saheed nahi hote to desh ko aaj bhi Aazadi nahi milti. Tera sambidhan Saad jata. Yadi 1947 ke pahle yesa sambidhan banata or ram virodh karta to tujhe fasi de dete angrez.
ओ३म्
राहुल जी, नमस्ते..!
आपकी समस्या या जिज्ञाशा क्या है, समझमें नहीं आया..कृपया प्रष्ट पारें..धन्यवाद