Category Archives: नेपाली

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!
सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-४)

Untitled

प्रश्न ६१- समाधिको अवस्था कसरि प्राप्त हुन्छ?

उत्तर: समाधिको अवस्था अष्टांग योगको विधि द्वारा मन लगायत समस्त इन्द्रियहरुमा पूर्ण नियन्त्रण गरे पछी प्राप्त हुन्छ।

प्रश्न ६२- मन तथा इन्द्रियहरुमा पूर्ण नियन्त्रण कसरि हुन्छ?

उत्तर: मन तथा इन्द्रियहरुमा पूर्ण नियन्त्रण आत्माको साक्षात्कार गरे पछी हुन्छ।

प्रश्न ६३- आत्माको साक्षात्कार कसरि हुन्छ?

उत्तर: आत्माको साक्षात्कार आत्मा संग सम्बन्धित विज्ञान पढेर, विचार गरेर, निर्णय लिएर, दृढ निश्चय गरेर तपस्या र पुरुषार्थ पूर्वक कार्य गर्नाले हुन्छ।

प्रश्न ६४- ईश्वरको ध्यान गर्नाले के लाभ हुन्छ?

उत्तर: ईश्वरको ध्यान गर्नाले मनमा अधिकार हुन्छ, इन्द्रियहरुमा नियन्त्रण हुन्छ, एकाग्रता बढ्छ, स्मृतिशक्ति तेज हुन्छ, बुद्धि परिष्कृत भएर सही र शीघ्र निर्णय लिन सक्ने बन्छ, खराब संस्कारहरु नष्ट हुन्छन्, असल संस्कारहरु प्रकट हुन्छन्, आत्मिक बलमा वृद्धि हुन्छ, धैर्य, सहनशक्ति, क्षमा, दया, निष्कामता आदि वृद्धि हुन्छ र विशेष आनन्द, शान्ति, निर्भीकता प्राप्त हुन्छ।

प्रश्न६५- मनुष्य दुःखी किन हुन्छ?

उत्तर: मनुष्य राग, द्वेष र मोह अर्थात् अज्ञानताको कारणले दुःखी हुन्छ।

प्रश्न ६६- वैराग्यको अर्थ के हो?

उत्तर: वैराग्यको अर्थ राग-द्वेष रहित हुनु, एषणा रहित हुनु, लौकिक सुख प्राप्त गर्ने इच्छा नगर्नु र निष्काम भावनाले कर्तव्य कर्म गर्नु।

प्रश्न ६७- आध्यात्मिकता शब्दको अर्थ के हो?

उत्तर: आध्यात्मिकता शब्दको अर्थ हो आत्मा र परमात्माको सत्ता स्वीकार गरेर मन, बुद्धि, मोक्ष, बन्ध, पुनर्जन्म, कर्म र त्यसको फल, संस्कार, समाधि इत्यादि विषयको ज्ञान-विज्ञान प्राप्त गर्नु र तदनुसार आचरण गर्नु।

प्रश्न ६८- मनुष्यको मनमा अशान्ति, भय, चिन्ता, लज्जा आदि किन उत्पन्न हुन्छन्?

उत्तर: मनुष्यको मनमा अशान्ति, भय, चिन्ता, लज्जा आदि दुष्कर्म तथा पाप गर्नाले उत्पन्न हुने गर्दछन्।

प्रश्न ६९- पाप केलाई भनिन्छ?

उत्तर: अधर्माचरणलाई पाप भनिन्छ।

प्रश्न ७0- अधर्माचरण केलाई भनिन्छ?

उत्तर: ईश्वरको आज्ञा, शास्त्रहरुको विधि-विधान, महापुरुषहरुको निर्देशन तथा आफ्नो पवित्र आत्मामा उत्पन्न हुने विचारको विपरीत व्यवहार गर्नु नै अधर्माचरण हो।

प्रश्न ७१- धर्मको सामान्य परिभाषा के हो?

उत्तर: धर्मको सामान्य परिभाषा यहि हो कि जुन व्यवहार आँफूलाई राम्रो लाग्छ, त्यहि अरु प्रति गर्ने र जुन व्यवहार आँफूलाई राम्रो लाग्दैन, त्यो अरु प्रति पनि नगर्ने।

प्रश्न ७२- वैदिक धर्मको कर्मफल सिद्धान्त के हो?

उत्तर: जुन मनुष्यले शरीर, मन तथा इन्द्रियहरुको माध्यमले जति पनि शुभाशुभ कर्म गर्दछ, त्यसलाई ति सबको फल सुख-दुःखको रूपमा अवश्य नै प्राप्त हुन्छ। कर्मको फल त अवश्य भोग्नु पर्ने हुन्छ, नभोगेर कर्म-फलको क्षय हुँदैन।

अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभं। ना भुक्तं क्षीयते कर्म कल्प कोटि शतैरपि।।”

प्रश्न ७३- के वेद अनुसार अशुभ कर्मको फल क्षेमा हुन् सक्छन्?

उत्तर: वेद अनुसार अशुभ (पाप) कर्मको फल कुनै प्रकारले पनि क्षेमा हुन सक्दैनन्।

प्रश्न ७४- त्यसो भए फेरी दान-पुण्य, जप-तप, सेवा-परोपकार आदिको के लाभ हुन्छ त?

उत्तर: दान-पुण्य, जप-तप, सेवा-परोपकार आदि गरेको छुट्टै उत्तम फल प्राप्त हुन्छ। यसबाट अशुभ (पाप) कर्मको फल न कम हुन्छन्, न क्षम्य।

प्रश्न ७५- यसरि जब शुभाशुभ कर्मको फल पाउने पक्का भए पछी फेरी ईश्वरको ध्यान-उपासना गर्नुको के लाभ छ त?

उत्तर: ईश्वरको ध्यान-उपासना गर्नाले ईश्वर प्रति प्रिती जाग्छ, बुद्धि पवित्र तथा परिष्कृत हुन्छ र आनन्द प्राप्ति हुन्छ। आत्मिक बल पाइन्छ मनमा उत्तम विचार उत्पन्न हुन्छन्, परिणामस्वरूप मनुष्यले भविष्यमा त्यस्ता पाप कर्म गर्दैन अथवा त्यसमा प्रवृत्त हुँदैन।

प्रश्न ७६- के हाम्रो भविष्य निश्चित छ र यसलाई कसैले जानेर भन्न सक्छ?

उत्तर: हाम्रो भविष्य निश्चित छैन र यसलाई कसैले पनि जान्न सक्दैन र भन्न पनि सक्दैन भविष्य जान्न सक्ने क्षमता मनुष्यमा ईश्वरले दिएकै छैन।

प्रश्न ७७- त्यसो हो भने फेरी ज्योतिषीहरुले भविष्यको कुरो र घटना भन्नु सत्य हैन त?

उत्तर: अँ, ज्योतिषीहरुले भविष्यको कुरो र घटना भन्नु सत्य हैन। ज्योतिष एक गणित विज्ञान हो र यहि नै सत्य हो तर यसको कसैको भविष्य जान्नु र भन्नु संग सम्बन्ध छैन; अर्थात् यो (फलित ज्योतिष) पाखण्ड हो ।

प्रश्न ७८- कुनै विशेष परिस्थितिमा झुटो बोल्नु उचित हुन्छ कि हुन्न?

उत्तर: जस्तो सुकै परिस्थितिमा पनि झुटो बोल्नु  कुनै लाभ तथा उचित छैन; सत्य बोल्ने परिस्थिति छैन भने बरु चुप रहनु नै उत्तम।

प्रश्न ७९- के ईश्वरले आफ्नो स्वेच्छाले कुनै मनुष्यलाई कर्म नगरी सुख-दुःख रुपी फल दिन्छ र?

उत्तर: ईश्वरले आफ्नो स्वेच्छाले कुनै पनि मनुष्यलाई कुनै कर्म नगरी सुख-दुःख रुपी फल दिन्न। यदि दियो भने ईश्वरमा स्वेच्छाचारीको दोष लाग्छ र मनुष्यमा आलस्य र अकर्मण्यताको दोष आउँछ।

प्रश्न ८0- के अज्ञान तथा मिथ्याज्ञानको कारणले गरिएका अशुभ कर्मको फल पनि भोग्नु पर्छ?

उत्तर: हजुर, अज्ञान तथा मिथ्याज्ञानको कारणले गरिएका अशुभ कर्मको फल पनि अवश्य भोग्नु पर्ने हुन्छ। त्यसैले ईश्वरलाई न्यायकारी भनिन्छ। अज्ञानता तथा मिथ्याज्ञानलाई हटाउनु हाम्रो कर्तव्य हो।

क्रमशः…

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-३)

Untitled

प्रश्न ४१- वैदिक साम्राज्यको कालमा विश्व शासनको भाषा कुन थियो?

उत्तर: वैदिक साम्राज्य को कालमा विश्व शासनको भाषा संस्कृत थीयो।

प्रश्न ४२- वैदिक कालमा शिक्षा प्रणाली कस्तो प्रकारको थियो?

उत्तर: वैदिक कालमा गुरुकुलीय शिक्षा प्रणाली थियो।

प्रश्न ४३- वैदिक धर्ममा व्यक्तिगत जीवनलाई कति भागमा बाँडिएको छ?

उत्तर: वैदिक धर्ममा (व्यक्तिको औसत आयु १०० वर्ष मानेर) व्यक्तिगत जीवनलाई चार भागमा बाँडिएको छ, जसलाई चार आश्रम भनिन्छ।

प्रश्न ४४- चार आश्रमहरु के के हुन्?

उत्तर: चार आश्रमका नाम यी हुन् – २५ वर्ष सम्म-ब्रह्मचर्य आश्रम, २५-५० वर्ष सम्म-गृहस्थ आश्रम, ५०-७५ वर्ष सम्म-वानप्रस्थ आश्रम र त्यस पछि सन्यास आश्रम।

प्रश्न ४५- वैदिक धर्ममा गुण-कर्मको आधारमा मानव समाजलाई कति भागमा बाँडिएको छ र तिनको नाम के के हो?

उत्तर: वैदिक धर्ममा व्यक्तिको गुण-कर्म-स्वभाव अनुसार मानव समाजलाई चार भागमा बाँडिएको छ जसलाई वर्ण-व्यवस्था भनिन्छ। जसको नाम – ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हुन्।

प्रश्न ४६- के वैदिक धर्ममा ईश्वरको अवतार हुने कुरो भनिएको छ?

उत्तर: वैदिक धर्ममा ईश्वरले अवतार लिने कुरो कहीं भनिएको छैन। किनकि सर्वव्यापक र  निराकार ईश्वरको कुनै एक स्थानमा अवतार हुने कुरो असंभव र निरर्थक छ।

प्रश्न ४७- वैदिक धर्मीका लागि कुन-कुन कार्य गर्न अनिवार्य छ?

उत्तर: वैदिक धर्मीका लागि पंचमहायज्ञ गर्नु अत्यन्त अनिवार्य छ।

प्रश्न ४८- पंचमहायज्ञ के के हुन्?

उत्तर: पंचमहायज्ञका नाम – ब्रह्मयज्ञ (ईश्वरको ध्यान गर्नु, वेद पढ्नु-पढाउनु), देवयज्ञ (अग्निहोत्र-हवन गर्नु), पितृयज्ञ (माता-पिता, मान्यजन व्यक्तिहरुको सेवा गर्नु), अतिथियज्ञ (विद्वान, सन्यासी, समाजसेवी व्यक्तिहरुको सत्कार गर्नु), बलिवैश्वदेवयज्ञ (पशु-पंक्षी-किट आदिको सेवा गर्नु तथा तिनलाई भोजन दिनु)।

प्रश्न ४९- वैदिक धर्ममा जीवनलाई श्रेष्ठ बनाउनको लागि के के विधि-विधान दिइएको छ?

उत्तर: वैदिक धर्ममा जीवनलाई श्रेष्ठ बनाउनको लागि १६ संस्कार गर्नु अनिवार्य भनिएको छ।

प्रश्न ५0- १६ संस्कारहरु के के हुन्?

उत्तर: १६ संस्कारका नाम यसप्रकार छन्- गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अन्नप्राशन, निष्क्रमणम्, चूडाकर्म, कर्णवेध, उपनयन, वेदारम्भ, समावर्तन, विवाह, वानप्रस्थ, सन्यास र अन्त्येष्टि।

प्रश्न ५१- वैदिक धर्मिहरुको सर्वोत्तम अविवादनसूचक शब्द कुन हो?

उत्तर: वैदिक धर्मिहरुको सर्वोत्तम अविवादनसूचक शब्द ‘नमस्ते’ [(नम:+ते) ‘तपाईको सम्मान गर्दछु’] हो।

प्रश्न ५२- के वैदिक धर्ममा हाम्रो कुनै त्रुटि, भूल, दोष अथवा पाप कर्मको लागि ईश्वर संग क्षमा मागेर पाइने कुनै विधान छ?

उत्तर: वैदिक धर्ममा कुनै पनि त्रुटि, भूल, दोष अथवा पाप कर्मको लागि ईश्वर संग क्षमा मागेर पाइने कुनै पनि विधान छैन; कर्मको फल त भोग्नु नै पर्दछ।

प्रश्न ५३- शास्त्रहरु कति छन् र तिनका नाम के हुन्?

उत्तर: शास्त्रहरु ६वटा छन् तिनका नाम यी हुन् – योगदर्शन, सांख्यदर्शन, वैशेषिकदर्शन, न्यायदर्शन, वेदान्तदर्शन, र मीमांसादर्शन।

प्रश्न ५४- वेदका अंग कति वटा छन् र तिनका नाम के के हुन्?

उत्तर: वेदका अंग ६ वटा छन् र तिनका नाम यी हुन्- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष।

प्रश्न ५५- वेदको आधारमा ऋषिमुनिहरू द्वारा बनाइएको सामाजिक विधि-विधान तथा आचार संहिताको प्रसिद्ध, प्राचीन र महत्त्वपूर्ण धार्मिक ग्रन्थ कुन चाहिं हो?

उत्तर: वेदको आधारमा ऋषिमुनिहरू द्वारा बनाइएको सामाजिक विधि-विधान तथा आचार संहिताको प्रसिद्ध, प्राचीन र महत्त्वपूर्ण धार्मिक ग्रन्थ ‘मनुस्मृति’ हो।

प्रश्न ५६- के वैदिक धर्ममा छुवा-छूत, जाति-पातीको भेदभाव, जादु-टुना, रंगी-चंगी डोरा-धागा, माला, निधारमा सुर्के टिका, शरीर डाम्ने, जन्तर-मन्तर, ताबीज, शुभाशुभ साइत, फलित-ज्योतिष, जन्मकुण्डली, हस्तरेखा, नवग्रह पूजा, नदी स्नान, तिर्थस्थान, बलिप्रथा, सतीप्रथा, मांसाहार, मद्यपान, बहुविवाह, भूत-प्रेत, मृतकहरुको नाममा श्राद्ध-तर्पण तथा पिण्डदान, भविष्यवाणी आदिको विधान छ?

उत्तर: वैदिक धर्ममा छुवा-छूत, जाति-पातीको भेदभाव, जादु-टुना, रंगी-चंगी डोरा-धागा, माला, निधारमा सुर्के टिका, शरीर डाम्ने, जन्तर-मन्तर, ताबीज, शुभाशुभ साइत, फलित-ज्योतिष, जन्मकुण्डली, हस्तरेखा, नवग्रह पूजा, नदी स्नान, तिर्थस्थान, बलिप्रथा, सतीप्रथा, मांसाहार, मद्यपान, बहुविवाह, भूत-प्रेत, मृतकहरुको नाममा श्राद्ध-तर्पण तथा पिण्डदान, भविष्यवाणी आदिको विधान छैन।

प्रश्न ५७- वैदिक धर्ममा मनुष्य जीवनको अन्तिम लक्ष्य/ उद्देश्य/प्रयोजन के भनिएको छ?

उत्तर: वैदिक धर्ममा मनुष्य जीवनको अन्तिम लक्ष्य/ उद्देश्य/प्रयोजन समस्त दुःखहरुबाट छुट्नु (मोक्ष प्राप्त गर्नु) र पूर्ण आन्नद प्राप्त गर्नु भनिएको छ।

प्रश्न ५८- समस्त दुःखहरुबाट छुट्न कसरि संभव छ?

उत्तर: आध्यात्मिक अज्ञानता नष्ट भए पछी समस्त दुःखहरुबाट छुट्न संभव छ।

प्रश्न ५९- आध्यात्मिक अज्ञान कसरि नष्ट हुन्छ?

उत्तर: आध्यात्मिक अज्ञान ईश्वर द्वारा आध्यात्मिक शु़द्ध ज्ञान दिए पछी नष्ट हुन्छ।

प्रश्न ६0- ईश्वरले आध्यात्मिक शुद्ध ज्ञान कहिले दिन्छ?

उत्तर: ईश्वरले आध्यात्मिक शुद्ध ज्ञान मनको समाधि अवस्थामा दिन्छ।

क्रमशः..

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर:

ओ३म्….!

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-२)

Untitled

प्रश्न २१- पारसी मत कति पुरानो हो?

उत्तर: पारसी मत लगभग ४,५00 वर्ष पुरानो हो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २२- यहूदी मत कति पुरानो हो?

उत्तर: यहूदी मत लगभग ४000 वर्ष पुरानो हो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २३- जैन र बौद्ध मतको समय कति पुरानो हो ?

उत्तर: जैन र बौद्ध मतको काल लगभग २५00 वर्ष पुरानो हो । तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २४- शंकराचार्यको समय कति पुरानो हो?

उत्तर: शंकराचार्यको समय लगभग २३00 वर्ष पुरानो हो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २५- हिन्दु-पौराणिक मतको समय कति पुरानो हो?

उत्तर: हिन्दु-पौराणिक मतको समय लगभग २२00 वर्ष पुरानो हो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २६- ईसाई मत कति पुरानो हो?

उत्तर: ईसाई मत लगभग २000 वर्ष पुरानो हो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २७- इस्लाम मत कति पुरानो हो ?

उत्तर: इस्लाम मत लगभग १४00 वर्ष पुरानो हो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २८- सिक्ख मत कति पुरानो हो ?

उत्तर: सिक्ख मत लगभग ५00 वर्ष पुरानो । तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न २९- ब्रह्मकुमारी, राधास्वामी, गायत्री परिवार, स्वामी नारायण, आनन्द मार्ग इत्यादि मत-पन्थ-सम्प्रदायहरु कति कति वर्ष पुराना हुन्?

उत्तर: आजभोली यस्ता जति पनि मत-पन्थ-सम्प्रदाय तथा मान्यताहरु प्रचलित छन् ति सब १00 देखि १५0 वर्ष पूर्वका मात्र हुन्। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न ३0- ईश्वरलाई मूर्ति रूप बनाएर पूजा गर्न कहिले देखि आरम्भ भयो होला?

उत्तर: ईश्वरलाई मूर्तिको रूपमा बनाएर साकार पूजन लगभग २५00 वर्ष पूर्व देखि आरम्भ भएको हो। यसभन्दा पूर्व मानिसहरुले निराकर ईश्वरको नै उपासना गर्ने गर्दथे। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न ३१- वैदिक मान्यता अनुसार धर्मको लक्षण के हो?

उत्तर: अहिंसा, धैर्य राख्नु, क्षमा गर्नु, मनमा नियन्त्रण, चोरी नगर्नु, पवित्रता, इन्द्रिय निग्रह, बुद्धि बढाउनु, ज्ञान-विज्ञान प्राप्त गर्नु, सत्य बोल्नु, क्रोध नगर्नु।

प्रश्न ३२- पृथ्वीमा सर्व प्रथम मनुष्यको उत्पत्ति कहाँ भएको हो?

उत्तर: पृथ्वीमा सर्व प्रथम मनुष्यको उत्पत्ति तिब्बत (त्रिविष्टव) मा भएको हो।

प्रश्न ३३- आर्य कसलाई भनिन्छ?

उत्तर: उत्तम गुण-कर्म-स्वभाव भएका श्रेष्ठ मनुष्यहरुको नाम आर्य हुन्छ; त्यो जो पनि हुन सक्छ।

प्रश्न ३४- भनिन्छ- आर्यहरु बाहिर बाट आएका हुन्, के यो सत्य हो?

उत्तर: आर्यहरु बाहिर बाट आएका हैनन् यहींका हुन्; त्यसैले यो भूमिलाई आर्यावर्त भन्ने गरिन्थ्यो।

प्रश्न ३५- फेरी किन हाल केहि इतिहासका पुस्तकमा आर्यहरु बाहिर बाट आएका थिए भनेर पढाइन्छ त?

उत्तर: ति इतिहासका पुस्तक गलत मान्यता राख्ने सनातन धर्म र संस्कृति विरोधीले लेखेका हुन्, तर आर्यहरु यहींका मूल निवासी थिए।

प्रश्न ३६- चक्रवर्ती सम्राट कसलाई भनिन्छ?

उत्तर: सम्पूर्ण पृथ्वीको राजालाई चक्रवर्ती सम्राट भनिन्छ।

प्रश्न ३७- चक्रवर्ती सम्राट कहिले भएका थिए?

उत्तर: सृष्टिको प्रारम्भ देखि लिएर महाभारत काल पर्यन्त यस पृथ्वीमा चक्रवर्ती सम्राट नै हुने गर्दथे।

प्रश्न ३८- अन्तिम चक्रवर्ती राजा को थिए?

उत्तर: जेष्ठ पाण्डु पुत्र – युधिष्ठिर अन्तिम चक्रवर्ती राजा थिए।

प्रश्न ३९- पृथ्वीमा वैदिक साम्राज्य कहिले सम्म थियो?

उत्तर: पृथ्वीमा वैदिक साम्राज्य सृष्टिको प्रारम्भ देखि महाभारत काल पर्यन्त अर्थात् लगभग १,९६,0८,४८,000 वर्ष सम्म रह्यो ।

प्रश्न ४0- वैदिक कालमा विश्वका मानिसले कुन ईश्वरलाई मान्ने गर्दथे?

उत्तर: वैदिक कालमा विश्वका मानिसले केवल एक निराकार ईश्वरलाई मान्ने गर्दथे।

क्रमशः..

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-१)

Untitled

प्रश्न १- हाम्रो देशको प्राचीन र प्रथम नाम के थियो?

उत्तर: हाम्रो देशको प्राचीन र प्रथम नाम आर्यावर्त थियो।

प्रश्न २- हामी नेपालवासिहरुको प्राचीन नाम के थियो?

उत्तर: हामि नेपालवासिहरुको प्राचीन नाम आर्य थियो।

प्रश्न ३- हाम्रो प्राचीनतम धर्म के हो?

उत्तर: हाम्रो प्राचीनतम धर्म वैदिक धर्म हो।

प्रश्न ४- हामि वैदिक धर्मिहरुको धार्मिक पुस्तक कुन हो?

उत्तर: हामि वैदिक धर्मिहरुको धार्मिक पुस्तक वेद हो।

प्रश्न ५- वेद कति छन्?

उत्तर: वेद पुस्तकको रुपमा चार छन् -ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद।

प्रश्न ६- वेद कति पुराना हुन्?

उत्तर: वेद (हाल बि.सम्वत्-२०७४ मा)  १,९६,0८,५३,११८ वर्ष पुराना भए। पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न ७- चार वेदमा कति मन्त्र छन्?

उत्तर: चार वेदमा जम्मा २0,३७९ मन्त्र छन्। ऋग्वेदमा- १0,५५२, यजुर्वेदमा- १,९७५, सामवेदमा-१,८७५ र अथर्ववेदमा- ५,९७७ मन्त्र छन्।

प्रश्न ८- वेदको भाषा कुन हो ?

उत्तर: वेदको भाषा वैदिक संस्कृत हो।

प्रश्न ९- वेदमा के के विषय छ?

उत्तर: वेदमा मनुष्यका लागि आवश्यक समस्त ज्ञान-विज्ञान छ। संक्षेपमा- ईश्वर, जीव, प्रकृतिको विज्ञान अथवा ज्ञान-कर्म-उपासनाको विषय छ।

प्रश्न १0- वेदको ज्ञान मनुष्यहरुलाई कसरि प्राप्त भयो ?

उत्तर: वेदको ज्ञान सृष्टिको आदिमा ईश्वरले चार जना सर्व श्रेष्ठ उत्तम मनुष्य (ऋषि) हरुलाई प्रदान गरे। जसको नाम अग्नि, वायु, आदित्य र अंगिरा थियो।

प्रश्न ११- अनादि वस्तुहरु कति छन्?

उत्तर: अनादि वस्तुहरु तीन छन्- ईश्वर, जीव र प्रकृति।

प्रश्न १२- वेद पुस्तक रूपमा कहिले बने?

उत्तर: यो सुरुमा गुरु-शिष्य परम्परा अनुसार नै सुन्ने-सुनाउने गरिन्थ्यो त्यसैले वेदलाई श्रुति पनि भनिन्छ, यो पुस्तकको रुपमा कहिले बन्यो भन्ने बारेमा कुनै निश्चित रुपमा भन्न सकिन्न तर संभावना छ कि सृष्टिको केहि काल बिते पछी वेद पुस्तक रूपमा बनेका हुन सक्छन्।

प्रश्न १३- अनादि भनेको के हो?

उत्तर: जसको उत्पत्ति नै नभएको होस्, जो सदा देखि छ; त्यसलाई अनादि भनिन्छ।

प्रश्न १४- ईश्वरका मुख्य कर्म के के हुन्?

उत्तर: ईश्वरका मुख्य कर्म ५ छन्- १ संसार बनाउनु, २ संसारको पालन गर्नु, ३ संसारको विनाश (प्रलय) गर्नु, ४ वेदको ज्ञान दिनु र ५ शुभाशुभ कर्मको उचित फल दिनु।

प्रश्न १५- ईश्वरको मनुष्यहरुका साथ कस्तो किसिमको सम्बन्ध छ?

उत्तर: ईश्वरको मनुष्यहरुका साथ पिता-पुत्र, माता-पुत्र, गुरु-शिष्य, राजा-प्रजा, साध्य-साधक, उपास्य-उपासक, व्याप्य-व्यापक आदि अनेकौं सम्बन्ध छन्।

प्रश्न १६- वेदमा ईश्वरको कस्तो स्वरूप वर्णन गरिएको छ ?

उत्तर: वेदमा ईश्वरलाई सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालु, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र तथा सृष्टिकर्ता आदि गुण भएको वर्णन गरिएको छ।

प्रश्न १७- यो संसार कहिले बन्यो?

उत्तर: यो संसार बनेको  १,९६,0८,५३,११८ वर्ष व्यतित भयो (विसं २०७४मा) । तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न १८- यो संसार अरु कति वर्ष सम्म चल्छ?

उत्तर: यो अरु २,३५,९९,४६,८८२ वर्ष सम्म चल्नेछ (विसं २०७४ देखि)।  तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न १९- मर्यादा पुरुषोत्तम श्री रामको इतिहास (रामायण काल) कति वर्ष पुरानो हो?

उत्तर: मर्यादा पुरुषोत्तम श्री रामको समय (रामायण काल) लगभग १0 लाख वर्ष पुरानो हो।

प्रश्न २0- योगीराज श्री कृष्णको समय (महाभारत काल) कति वर्ष पुरानो भयो?

उत्तर: योगिराज श्री कृष्णको समय (महाभारत काल) लगभग ५२00 वर्ष पुरानो भयो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

क्रमशः…

पुरुष सम्राट होस् नहोस् नारी साम्राज्ञी हुन सक्छिन्

ओ३म्

पुरुष सम्राट होस् नहोस् नारी साम्राज्ञी हुन सक्छिन्

naari 

 

नारीलाई साम्राज्ञी घोषित गर्ने सम्बन्धमा वेद भन्दा अधिक उदात्त उपकारक उद्‌गार अन्यत्र कहाँ भेटिएला! आउनुहोस! केहि निदर्शन गरौँ।

यथा सिन्धुर्नदीनां साम्राज्यं सुषुदे वृषा।

एथा त्वं सम्राज्ञ्‌येधि पत्युरस्तं परेत्य।। (अथर्ववेद: १४/१/४३)

(यथा) जसरि (वृषा) बलवान्‌ (सिन्धुः) समुद्रले (नदीनाम्‌) नदिहरुको (साम्राज्यं) साम्राज्य- चक्रवर्ती राज्य आफ्ना लागि उत्पन्न गरेको छ, हे वधू! (एव) त्यस्तै (त्वम्‌) तिमी (पत्युः) पतिका (अस्तम्‌) घरमा (परेत्य) पुगेर  (सम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु।

सम्राज्ञ्येधि श्वशुरेषु सम्राज्ञ्‌‌युत देवृषु।

ननान्दुः सम्राज्ञ्‌येधि सम्राज्ञ्युत श्वश्रवाः।। (अथर्ववेद: १४/१/४४)

हे वधू ! तिमी (श्वशुरेषु) आफ्नो ससुरा आदि गुरुजनहरुका बीच (साम्राज्ञी) राजराजेश्वरी (उत) र (देवृषु) आफ्ना देवरहरु आदि कनिष्ठहरुका बीच (साम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु। (ननान्दुः) आफ्नी नन्दकी (साम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु (उत) र (श्वश्रवाः) आफ्नी सासुकी (साम्राज्ञी) राजराजेश्वरी (एधि) हुनु।

हामीले देख्यौं कि वेदले स्थान-स्थानमा नारीलाई साम्राज्ञीको रूपमा सम्बोधित गरेको छ। आउनुहोस्, यसको समीक्षा गरौँ यो मात्र कोरा कल्पना हो या यसमा कुनै वास्तविकता पनि छ। पुरुष चाहे नोकर होस्, अधिकारी होस, मन्त्री या महामन्त्री जेसुकै होस्, त्यो आँफू भन्दा उच्चपदस्थ व्यक्तिको आधीनतामा अवश्य रहन्छ। राष्ट्राध्यक्ष भए पनि उ आफ्नो संसदको नियन्त्रणमा रहनु पर्ने हुन्छ। यदि उ उच्छृङ्खल या तानाशाह हुन्छ भने एक दिन केवल उसका पतन मात्र हुँदैन, प्रत्युत उसको हत्या पनि गरिन्छ। प्राचीन-अर्वाचीन इतिहासमा यस्ता उदाहरणहरु भरिएका छन्। त्यति मात्र हैन, नवीन उदाहरणहरु पनि सुन्न र देख्नमा आइरहेका हुन्छन्।

नारीको पक्षमा विचार गर्दा हामि देख्छौं कि नारी चाहे शासक-प्रशासक-अधिकारी-कर्मचारी या नोकरकी पत्नी नै किन नहुन्, केवल पत्नी हुन्छिन्। पत्नी हुनाले नै उनी गृहलक्ष्मी, देवी र घरकी रानी बन्छिन्। परिवार चाहे वृहद होस् या लघु, सम्पन्न होस् या विपन्न, सुविधा-असुविधाको हरेक दशामा उनी घरकी सूत्रधारिणी हुन्छिन्।

प्रस्तुत मन्त्रको भावभूमिलाई स्पर्श गर्यौं भने अवगत हुन्छ कि नदिहरु पर्वत बाट बहदै गएर समुद्रलाई आफ्नो जल दिइरहन्छन्। जलका साथमा जगतका त्याज्य पदार्थ पनि समुद्रमा गइरहन्छन्। समुद्रले संसारको क्षारियपनलाई सहन गरिनै रहन्छ। किन्तु सूर्य किरण रूपी हात द्वारा मेघलाई आफ्नो शुद्ध जल प्रदान गरेर वर्षाबाट पुनः नदिहरुमा भरिदिन्छ। यस्तै गरि नारीले पनि आफ्नो घरको भाव-अभाव, सुख-दुःखलाई सहन गर्दै परिवारजनको पोषण गर्नु पर्दछ, किनकि उनी पनि समुद्र झैं धीर-गम्भीर साम्राज्ञी जो ठहरिन्। मन्त्रमा परिवारका सबै ठूला-साना पुरुष-स्त्रीका साथ वधूलाई साम्राज्ञी सरह व्यवहार गर्ने निर्देश छ। साम्राज्ञीको साम्राज्य स्वयं शब्द-ध्वनिबाट नै ध्वनित छ। जो (साम+राज्य) सबै प्रति मधुर या प्रिय व्यवहारको सूचक हो।

पति महोदयले मासिक तथा दैनिक आय या तलब घरमा ल्याएर पत्नीको हातमा सुम्पिदिन्छ र निश्चिन्त हुन्छ। घरको सारा व्यवस्था पत्नीले नै गर्नु पर्ने हुन्छ। पुरुष प्रातः घरबाट निस्केर रात्रिमा घर आउँछ। घरको स्वच्छता, वस्तुहरुको स्याहार-सम्भार तथा आपूर्ति-प्रबन्धको योजना गृहिणीले नै बनाउनु पर्दछ। परिवारमा पति भन्दा ठूला-साना स्त्री-पुरुष-बाल-बालिकाहरुको ध्यान उनले नै राख्नु पर्ने हुन्छ। यस प्रकार पत्नीको अनुशासनले नै घरमा सुखको साम्राज्य बढ्छ। यसमा पति महोदयको भूमिका एक सहायकको अवश्य हुन्छ। पतिले एकपटक आफ्नो आय या पारिश्रमिक पत्नीको हातमा त सुम्पिन्छ तर विस्तारै-विस्तारै उनी संग मागी-मागी व्यय पनि गर्दै जान्छ। यस प्रकारले समस्त आय चाहे व्यय नै किन नहोस्, पारस्परिक समझदारीबाट सौहार्दताको वातावरण पनि सृजना हुन्छ। पत्नीले अनजानमा नै सहि, केहि न केहि भविष्यको लागि भनेर बचत पनि गरेकी हुन्छिन्।

केहि व्यक्तिले उनको आय या पारिश्रमिकको बारेमा पत्नीलाई सुइँको पनि लाग्न दिन्नन् र आफ्नो कमाई पत्नीलाई छुन पनि दिन्नन् । आफ्नो या घरको सानो-तिनो आवश्यकताको माग पत्नीले पति संग गर्नु पर्ने हुन्छ। कहिले काहीं त मागको पूर्ति पनि हुन्छ तर कहिले भने हुन्न पनि। यस्तो दशामा पति-पत्नी विच एक स्वस्थ संतुलन बन्न सक्दैन। पत्नीले पतिको कमाई अधिक छ भन्ने सम्झेर आफ्नो माग बढाउन पनि सक्छिन् अथवा कम सम्झेर सामान्य पूर्ति पनि रिक्त रहन सक्छ। हातका औंलामा गन्न सकिने केहि अति सम्पन्न उच्च पदस्थ एवं व्यापारिक परिवारलाई अपवादका रूपमा छोडिदिउं, जहाँ असीम आय-व्ययको स्वयं स्वामीलाई पनि थाहा हुन्न, त्यहाँ पनि पारिवारिक माग लगभग सबको समान नै हुन्छ। मूल्यको कोटि या गुणवत्तामा अन्तर चाहे किन नहोस् तर जन्म, मृत्यु, विवाह, नामकरण, यज्ञोपवीत, पर्व, पूजन, यज्ञ-दान, शिक्षा, अतिथि-सत्कार आदि कृत्य त सबैलाई गर्नु नै पर्ने हुन्छ।

घर भन्दा बाहिर जे पनि हुन्छ त्यो सबै व्यापार हो, घर भित्र जो रहन्छ त्यो परिवार हो। दुवै क्षेत्रमा आचार-विचार एवं व्यवहारको एक सौम्य धरातलको आवश्यकता छ। घरमा यसको अधिक “आहार’ एक मुख्य पोषक कारक हो। बजारको भोजनालय कुनै स्थायी व्यवस्था हैन। स्थायी रूपले भोजनको लागि हरेक व्यक्तिलाई परिवारमा नै आउनु पर्ने हुन्छ। यो सुस्वादिष्ट, स्वास्थ्यवर्धक भोजन गृहिणी द्वारा नै पस्कने गरिन्छ। भोजनको हरेक गासका साथमा पति र परिवारजनलाई यथायोग्य सम्बन्धबाट संलिप्त गृहिणीको मनोहर रम्य मोहक भव्य भावनाहरु प्राप्त हुन्छ, जसबाट उक्त रुखो-सुखो भोजनले पनि अमृतको रूप धारण गर्दछ। कहीं पढिएको थियो कि ब्रिटेनकी पूर्व प्रधानमन्त्री स्व.श्रीमती मार्गरेट थ्याचरको सबभन्दा रुचिकर कार्य थ्यो – परिवारको लागि भोजन पकाउनु र खुवाउनु। भारतीय पूर्व प्रधानमन्त्री स्व. श्रीमती इन्दिरा गांधीको विषयमा पनि यस्तै सुनिएको थियो। शासनाध्यक्षाको पद पाएर पनि उनलाई गृहिणीको पदले लोभ्याइ रहन्छ। किनकि अन्य कुनै पनि पदबाट त एकपटक अवस्य हट्नु पर्छ तर गृहस्थकी साम्राज्ञीको पदबाट भने उनलाई कसैले कहिल्यै हटाउन सक्दैन।

पति त कुनै-कुनै मात्र शासक या सम्राट्‌ हुन सक्छ तर पत्निहरु भने सबै साम्राज्ञी हुन सक्छन्। पत्नीलाई साम्राज्ञी बनाइ राख्ने वेद-सन्देशको जहाँ अवहेलना हुने गर्दछ, पत्निहरुलाई उपश्रेणीय या निम्न सम्झने गरिन्छ अथवा उनको निष्कासन या परित्यागको अप्रिय प्रसंग उत्पन्न हुने गर्दछ, त्यहाँ परिवारको आनन्द-सुख-साम्राज्यको पतन हुन्छ र त्यहाँ नरकको वेदनापूर्ण साम्राज्यको अन्धकार छाउँछ।

पत्नी साम्राज्ञी बनेर स्वच्छन्द स्वेछाचारिणी कदापि बन्दैनन्, प्रत्युत उनी (पत्युरनुवृता – अर्थववेद:१४/१/४२) पतिको व्रत-संकल्प अनुरूप बनेर उसकी सच्चा सहधर्मिणी सिद्ध हुनेछिन्। आउनुहोस् ! वेदको सन्देशलाई स्वीकार गरेर आफ्नै भलाईको लागि पत्नीलाई आफ्नी साम्राज्ञी बनाऔं। अस्तु.

नमस्ते..!

अन्तर्राष्ट्रिय नारी दिवस”को हार्दिक शुभकामना सहित…!

  • (हार्दिक आभार: पं. देवनारायण भारद्वाज)

कोहि पनि ठूलो-सानो छैन, सबै मानवव समान हौँ..!

दिल

कोहि पनि ठूलो-सानो छैन, सबै मानवव समान हौँ..!

एक जना अत्यन्तै कट्टर रुढीवादी, जातिवादी तथा छुवाछुतवादी पण्डित थिए र उनकी एउटी अत्यन्तै उदारवादी तथा समझदार पत्नी थिइन्। उनि समाजका विकृति र रुढीको घोर विरोधी थिइन्। एक दिन पण्डितलाई पानी तिर्खा लाग्यो। संयोगवश् घरमा पानी थिएन। त्यसैले पण्डितनी बोइले छिमेकीको घरबाट पानी ल्याएर पण्डित बाजेलाई दिइन् । पानी खाइसके पछी पण्डित बाजेले प्रसंशा गर्दै सोधे-पानी त निकै सितल रहेछ, पूर्ण सन्तुष्टि भयो; कहाँबाट ल्यायौ हँ?
पण्डितनी: छिमेकीको घरबाट।
पण्डित बाजेले यो सुन्ना साथ् उक्त अम्खोरा बाहिर आँगनमा घुइक्याई दिए र आफ्नो पारो चढाएर जोर संग चिच्याउन थाले।
पण्डित: हरि ओम्…हरि ओम्..! अरे कुलंघार, तैंले मेरो धर्म भ्रष्ट गरिस्। कामीको घरको पानी खुवाइस्।
पण्डितनी बोइले आफ्नो लोग्नेको रिस देखेर डरले थर-थर काम्न थालिन् र पण्डित संग क्षेमा मागिन्।
पण्डितनी: अब देखि यस्तो भूल हुने छैन।
साँझ पण्डित बाजे जब खाना खान बसे तब पण्डितनीले उनलाई सुख्खा रोटि मात्र थालमा पस्कि दिइन।
पण्डित: आज साग बनाइनौ?
पण्डितनी: बनाएकी त थिएँ तर फाली दिएँ। किनकि जुन कराहीमा त्यो पाकेको थियो, त्यो त्यहि कामीले बनाएको थियो।
पण्डित: राम…राम..राम..! तँ बहुलाउन त बहुलाइनस्। कराहीमा पनि कहीं  छुत-छात् हुन्छ?
यस्तो भन्दै पण्डित बाजेले दुई-चार गास खाए र फेरी भने-
पण्डित: पानी भए पनि त देउ अब।
पण्डितनी: पानी पनि छैन, पानी भर्ने भाँडो नै छैन।
पण्डित: गाग्री-घैंटा खै र कहाँ गए?
पण्डितनी: गाग्री र घैटो त मैले फाली दिएँ किनकि त्यो टमटा र कुमालेको हातले बनाएको थियो नि।
पण्डितले फेरी दुई-चार गास अरु खाए र भने-
पण्डित: दुध छ भने देउ न; त्यसमा रोटि मुछेर भए पनि खान्छु।
पण्डितनी: दुध पनि मलखादमा फाली दिएँ किनकि गाई दुहुने ग्वालो पनि कामि केटो नै थियो।
पण्डित: ओहो…! तैंले पनि हद गर्छेस्, यत्ति पनि जान्दैनेस् कि दुधमा छात्-छुत लाग्दैन।
पण्डितनी: ओहो… म त यो बुढा देखि हुक्कै भएँ भन्या, यो छुत-छात् पनि कस्तो रैछ कुन्नि, जुन पानीमा लाग्ने तर दुधमा नलाग्ने?!
टाउको भित्तामा ठोक्छन् कि क्याहो झैं गरि पण्डित बाजेलाई रिस त भयङ्कर उठ्यो तर रिसले थरथर काँपेको स्वरमा बोले-
पण्डित: हरे..शिव..! यो कुलंगारले त मलाई चौपट बनाउने भै नि..! जा, अब खटियामा केहि लगाईदे मलाई नींद्रा लागेको छ ।
पण्डितनी: खटिया..! त्यो त मैले भाँच-कुच पारेर फाल्न लगाएँ किनकि त्यो पनि तल्लो जातको मान्छेले बुनेको थियो नि।
पण्डित बाजे जोरले चिच्याए !
पण्डित: सबमा आगो लगाइदे अब; घरमा केहि बच्या छ कि नाइँ?
पण्डितनी: अँ ! घर बचेको छ त । यो पनि भात्काउन बाँकि छ, किनकि यो पनि त तल्लो जातिका मिस्त्री र मजदुरहरुले बनाएका हुन् नि।
पण्डित बाजे केहि बेर सम्म गमक्क परिरहे र फेरी बोले-
पण्डित: हेर् बुढी, तैंले आज मेरा आँखा खोलिदिइस्। मेरो छुद्र व्यवहार र तुच्छ सोंच कै  कारणले घरमा यो सब नहुने नहुने वितण्डा भैरहेको थियो र हाम्रो समाजमा पनि म जस्तै सोंच भएका मानिसहरुका कारण यत्रो भेदभाव र असहिष्णु भैरहेको छ। वास्तवमा कोहि पनि मानिस ठूलो-सानो तथा उच-निच भन्ने हुँदैन। हामि समस्त मानव समान हौँ। सबैमा तेरो जस्तो विचार भैदिएको भए समाजमा अहिले यस्तो असमानता तथा भेदभाव हुने नै थिएन है..! ओ३म्..तत्सत्…!

नमस्ते..!

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन ,

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन..!

-महाकवि लक्ष्मी प्रसाद देवकोटा

शाकाहार अपनाऔं प्रसन्न रहौं..!

ओ३म्….!

शाकाहार अपनाऔं प्रसन्न रहौं..।

Untitled

शाकाहार स्वास्थ्यप्रद छ भन्ने तथ्यमा कसैलाई पनि शंका छैन। आज भोलि हरेकलाई थाहा हुनु पर्दछ कि विश्वका धेरैजसो वैज्ञानिक, डाक्टर तथा सर्वश्रेष्ठ खेलाडीहरु उत्तम स्वास्थ्य प्राप्त गर्नको लागि शाकाहार तिर प्रवृत्त हुँदैछन्। सनातन वैदिक विचारधारा र हाम्रा ऋषि-मुनि तथा महापुरुषहरुले पनि आफ्नो व्यक्तिगत अनुभवको आधारमा हामीलाई यहि प्रेरणा दिएका छन् कि मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि शाकाहारको अनुकूल प्रभाव पर्दछ।

विगत हजारौं वर्ष देखिको सांस्कृतिक विचलन, वैदिक शिक्षा देखि विमुख, नैतिक पतन, धार्मिक मार्ग देखि विचलन, तथा शाकाहारको बारेमा कुनै वौज्ञानिक शोध तथा अनुसन्धान नभएको कारणले पनि हुन सक्छ सायद हाम्रो देशमा शाकाहारी जीवन शैलीको बारेमा जन चेतना त्यति छैन। त्यसैले सरकारले पनि मांसाहारलाई नै प्रोत्साहन दिएर जनतालाई धर्म बिमुख बनाउने, रोग बढाउने र औषधिको व्यापार चम्काउने नीति लिएको देखिन्छ।  तर पश्चिमी मुलुकहरुमा शाकाहारको प्रचलन पढ्नुका साथ-साथ त्यसले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरुको बारेमा पनि वैज्ञानिक शोध तथा अध्ययन बढ्दै छ। र निरामिष भोजन शैलीको पक्षमा नयाँ-नयाँ अकाट्य जानकारिहरु प्रकाशमा आउँदै छन्।

विगतमा केहि मांस-प्रिय व्यक्तिहरुको अज्ञानताको कारणले शाकाहारलाई अल्जाईमर तथा बौद्धिक विकृति संग जोड्ने जस्तो अधकचरो प्रयत्न स्वरूप निराधार हल्ला फैलाइएको थियो। यस किसिमको हल्लाको पछाडी केहि सामान्य भ्रम थियो; त्यो हो मांसहारलाई मानव शरीरको लागि आवश्यक पोषक तत्वहरुको एक मात्र विकल्प मान्नु।

यस्तै यस्तै भ्रमहरुको बारेमा सत्य तथ्य जान्नको लागि अमेरिकाको ऐरिजोना राजकीय विश्वविद्यालयको पोषण विभागमा डा. बोनी बीझोल्ड (Bonnie L Beezhold) को नेतृत्व एक अध्ययन भएको थियो जसको प्रतिवेदन जून २०१० देखि अन्तर्जालमा उपलब्ध छ। यस अध्ययनमा संयुक्त राज्य अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रका ‘सेवेंथ डे ऐड्वेंटिस्ट समुदाय’ संग स्वस्थ सहभागीताको लागि उनीहरुलाई पहिले शाकाहारी या मांसाहारी भोजन उपलब्ध गराइयो र फेरी उनीहरु संग १५२ वटा प्रश्नहरुको निम्न तीन प्रश्नावलिको आधारमा जाँच गरियो:-

  • भोजनको आवृत्ति
  • उदासी, थकावट, बेचैनी, तनावको मात्रा
  • विकृत मनोदशाको मापन

यस अध्ययन बाट एक पटक पुनः यहि कुरो स्पष्ट भयो कि शाकाहार गर्नाले जीवनमा प्रसन्नता बढ्छ, तनाव, थकावट, उदास पन तथा वेचैनी कम हुन्छ र यसले हाम्रो मनोदशाको सुधार हुनुका साथै मानसिक स्वास्थ्यको लागि शाकाहार अधिक हितकारी छ। यस अध्ययनमा यो कुरो पनि प्रकाशमा आयो कि माछा खानेहरुको तुलनामा ओमेगा-३को मात्रा केहि कम भए पनि शाकाहारिहरुमा यसको कुनै पनि प्रतिकूल प्रभाव पर्दैन।

यस अध्ययनको लागि तयार भएका स्त्री तथा पुरुषहरुमा ६४ जना शाकाहारी र ७९ जना मांसाहारी थिए ति मध्ये गर्भवतीहरुलाई अध्ययनबाट हटाए पछी १३८ जना बाँकी थिए। मांसाहारिहरुमा तनाव, थकावट, उदास पन तथा वेचैनीको मात्रा शाकाहारिहरुको तुलनामा दुई गुणा थियो। विकृत मनोदशाको मात्रा पनि मांसाहारीहरुमा शाकाहारिहरुको भन्दा निक्कै अगाडी थियो। शाकाहारी भोजनमा चिल्लोको मात्रा पनि मांसाहारिहरुको भन्दा कम पाइयो।  यस अध्ययनले त्यहि हाम्रै पुर्खाहरुको अनुभव तथा जानकारीलाई पुनः पुष्टि गरेको छ कि शाकाहारी जीवन शैली अपनाउनाले नै हाम्रो शरीर स्वस्थ, मन सुद्ध, मस्तिष्क तीक्ष्ण तथा वुद्धिको विकास हुन्छ। अस्तु..

नमस्ते..!

शाकाहारी जीवन शैली अपनाऔं र सदा प्रसन्न रहौं….!

नेपालमा बाइबल प्रतिबन्ध लाउनै पर्ने आवश्यक

ओ३म्..!
**नेपालमा बाइबल प्रतिबन्ध लाउनै पर्ने आवश्यक**

बाइबल र ईसाई पैगम्बरहरुको चरित्रहीन, पथभ्रष्ट र असामाजिक शिक्षा: –
बाइबल अनुसार छोराले आमा संग, पिताले पुत्री संग, दाइ-भाइले साख्खै दिदी-बहिनी संग शारीरिक सम्बन्ध तथा बिवाह सम्बन्ध कायम गर्न सक्छन्; यो उचित कार्य हो।
ईसाई समाजमा आदमको समय देखि आज सम्म पिता-पुत्री, आमा-छोरा र दाइ-भाइ को दिदी-बहिनी संग शारीरिक सम्बन्ध राख्नु या वैदिक संस्कृति अनुसार भनौं भने भयङ्कर घृणित तथा पाप कर्म ईसाइहरु अथवा बाइबलको शिक्षा मान्नेहरुको लागि श्रद्धा, समर्पण, विश्वास र गर्वको विषय हो। केहि
उदाहरण जस्ताको तस्तै: –
** दाजु र बहिनीको सम्बन्ध:-
(बाइबल-श्रेष्ठगीत, अध्याय-५:१) हे मेरी बहिनी, मेरी दुलही, मा मेरो बगैंचामा आएको छु, मैले आफ्ना गन्धरस (मुर्र) र मसलाहरू बटुलेको छु; मैले मौरीको चाका समेत मह खाएँ, दाखमधु र दुध पिएँ!
(बाइबल-श्रेष्ठगीत, अध्याय-५:२) म सुतें तर मेरो मन जागै रह्यो। सुन! मेरा प्रियले ढोका ढक्ढकाउँदै भन्दैहुनुहुन्छ, हे मेरी बहिनी, हे मेरी प्रिय, मलाई ढोका खोलिदेउ, हे मेरी ढुकुर, मेरी निस्खोट सुन्दरी! मेरो शिर शीतले भिजेकोछ ..!
(बाइबल-श्रेष्ठगीत, अध्याय ५:३) मैले मेरो लुगा फुकालिसकेकी छु, के मैले फेरी लाउनु? मैले मेरो खुट्टा धोएकी छु, के मैले फेरी मैला बनाउनु?
(बाइबल-श्रेष्ठगीत, अध्याय-७:७-९) “तिम्रो शरीरको आकृति खजुरको रुखझैं छ र तिम्रा स्तन फलका झुप्पा जस्तै छन्..मैले भनें-म खजुरको रुखमा चढ्नेछु र त्यसको फल समात्नेछु..तिम्रा स्तन दाखका झुप्पाझैं होउन् र तिम्रो सासको बास्ना स्याउको बास्नाझैं, अनि तिम्रो मुख उत्तम दाखझैं होउन्..”
यस्ता निर्लज्ज वाक्यहरुको यहाँ बयान गरि साध्य छैन, समझदार र विवेकिलाई यत्तिले पनि केहि सोंच्न अवश्य बाध्य पार्नेछ ..!

**दाजु-बहिनीको विवाह: –
हजरत इब्राहमले आफ्नि साक्खै बहिनी संग विवाह गर्यो:
(बाइबल-उत्पत्ति, अध्याय-२०:११-१२) इब्राहमले भन्यो, “मैले त सोंचेको थिएँ ‘यस ठाउँमा निश्चय पनि परमेश्वरको डर छैन, अनि मेरी स्वास्नीको कारण तिनीहरुले मलाइ मार्नेछन्..’ यस बाहेक तिनी मेरी साक्खै बहिनी हुन्, अर्थात् मेरा पिताकी छोरी हुन्….”
(बाइबल-शमूएल-दोस्रो, अध्याय-१३:१-१४) अम्नोनले आफ्नी बहिनी तामारलाई बलात्कार गर्यो जब उसले विवाह हुन सक्छ भनेर भन्दै थिई..
कैनले आफ्नै बहिनी संग विवाह गरेको थियो किनकि प्रथम सृष्टिमा येहोवाले कुनै स्त्री बनाएको थिएन, केवल आदम र हव्वा मात्र बनाएको थियो त्यसैले सिद्ध हुन्छ कि कैनले आफ्नै बहिनी संग विवाह गर्यो।
अब हेरौं बाइबलको भयङ्कर निर्लज्ज, महा पाप तथा भ्रष्ट सम्बन्ध-पिता-पुत्रीको सम्बन्ध:-
(बाइबल-उत्पत्ति, अध्याय-१९:३०) लूतले सोअर छोडेर पहाडमा आफ्ना दुई छोरीहरु समेत बस्न थाल्यो किनकि ऊ सोअरमा बस्न डराउँदथ्यो त्यसैले ऊ आफ्नी छोरीहरु संग त्याहाँ एक गुफामा बस्न थाल्यो।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३१) तब जेठी छोरीले कान्छी संग भनि-‘हाम्रा पिता बुढा भैसक्नुभो र सारा पृथ्वीमा कुनै यस्तो पुरूष छैन जो संसारको रीति अनुसार हाम्रा नजिक अओस्..’
(बाइबल-उत्पत्ति, अध्याय-१९:३२) त्यसैले आइज, हामि आफ्ना पितालाई दाखमधु (एक किसिमको नशालु मादक पदार्थ) खुवाएर उहाँ संग सुतौं र आफ्नो पिताबाट सन्तान् पैदा गरेर उहाँको वंश बचाएर राखौं।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३३) तव उनीहरुले त्यसै रात आफ्ना पितालाई दाखमधु खुवाए, र जेठी छोरी गएर आफ्नो पिता संग सुती तर पिताले चाहिं थाहै पाएन कि ऊ कतिबेला आई र गई।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३४) त्यस्तै अर्को दिन जेठीले मान्छी संग भनी कि हेर्, हिंजो राती म पिता संग सुतें, आज राति पनि हामि उहाँलाई दाखमधु खुवाएर लट्ठ पारौं र तँ गएर सुत ता कि हामिहरु आफ्ना बाबु बाट वंश उत्पन्न गर्न सकौं।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३५) उनीहरुले त्यस रात पनि आफ्ना बाबुलाई दाखमधु खुवाए र कान्छी छोरी गएर बाबु संग सुती तर बाबुलाई भने त्यस रात पनि छोरी आएको र गएको कुनै ज्ञान नै भएन।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३६) यसप्रकारले लूतकि दुवै छोरीहरु आफ्नै बाबुबाट गर्भवती भए।

*** आउनुस्, अर्को चरित्रहिनता हेरौं- आमा र छोराको सम्बन्ध:
(उत्पत्ति ३५:२२) इजराइल (याकूब) त्याहाँ केहि समयको लागि रोकियो। जब याकुब त्याहाँ थियो तब रूबेन आफ्नो बाबु (याकूब)की उप-पत्नी बिल्हा संग सुत्यो (सम्भोग गर्यो)। याकूबलाई यसबारे थाहा भयो र निक्कै क्रुद्ध भयो।
यस्ता कुकृत्य त बाइबलमा जताततै छरपस्ट छन्, यहाँ लेखि साध्य पनि छैन त्यसैले एक पटक स्वयं बाइबल ध्यान दिएर तर्क संगत तरिकाले पढेर विचार गर्दा राम्रो होला।
के यस्ता निच र मानसिक स्तर बाट तल खसेका जङ्गली व्यक्तिहरु तथा स्वघोषित “पैगम्बर” र एक काल्पनिक ईश्वर “यहोवा” को शिक्षा सभ्यता मूलक होला? के यो संस्कार कुनै सभ्य मानव समाजमा उपयुक्त होला?
बाइबललाई एक अन्धविश्वास फैलाउने, नारि अस्मिता संग खेलवाड गर्ने र दुश्चरित्रताको पाठ सिकाउने ग्रन्थ घोषित गरेर नेपालमा प्रतिबन्ध लगाउने तिर कदम चाल्नु पर्छ ..! ईत्योम्..
ईसाई मित्रहरु, तपाईहरु किन संकोचमा हुनुहुन्छ अहिले सम्म ? यस किसिमको पथभ्रष्ट समाजबाट बाहिर निस्कनुहोस् र प्रकाश तथा ज्ञानको मार्ग–आफ्नै सत्य सनातन वैदिक संस्कृति तर्फ फर्किनुहोस्..
धर्म र सत्य तिर आउनुहोस्..!
आउनुस् वेद तर्फ फर्कौं ..!
नमस्ते..

रौँको छाला काढ्नु….

ओ३म्..

रौँको छाला काढ्नु…..

निश्चर्मणो गामरिणीत धीतिभिर्या जरन्ता युवशा ताकृणोतन |

सौधन्वना अश्वादश्वमतक्षत युक्त्वा रथमुप देवाँ अयातन ||

ऋग्वेद:१/१६१/७

ऋषि: दीर्घतमा औचथ्यः/ देवता: ऋभवः/ छन्द: जगती/ स्वर: निषादः

पद पाठ: उ॒द्वत्ऽसु॑ । अ॒स्मै॒ । अ॒कृ॒णो॒त॒न॒ । तृण॑म् । नि॒वत्ऽसु॑ । अ॒पः । सु॒ऽअ॒प॒स्यया॑ । न॒रः॒ । अगो॑ह्यस्य । यत् । अस॑स्तन । गृ॒हे । तत् । अ॒द्य । इ॒दम् । ऋ॒भ॒वः॒ । न । अनु॑ । ग॒च्छ॒थ॒ ॥

अन्वय: हे मनुष्या यूयं धीतिभिश्चर्मणइव गामरिणीत। या जरन्ता युवशा शिल्पिनौ स्यातां ता शिल्पकर्मसु प्रवृत्तौ निरकृणोतन। सौधन्वनाः सन्तोऽश्वादश्वमतक्षत रथं युक्त्वा देवानुपायातन।

धीतिभिः             मनन द्वारा/विविध क्रिया द्वारा
गाम्:                  वाणीलाई
चर्मण्:                छालाबाट
निः                    रहित गरेर
अरिणीत‌:             प्राप्त‌ गर
या:                    जुन दुई (माता-पिता)
जरन्ता:                वृद्ध (हुँदै छन्)
ता:                    ति दुईलाई
युवशा:                युवा समान
अकृणोतन:           गर
सौधन्वनाः            धनुर्विद्यामा कुशलहरु!
अश्वात्:               अश्व बाट
अश्वम्:                अश्वलाई
अतक्षत:              बनाओ र
रथम्:                  रथलाई
युक्त्वा:               जोडेरर
देवान्:                 दिव्य पदार्थहरुलाई
उप+अयातन:        समीप रहेर प्राप्त गर | अथवा
रथं+अयातन:        रथलाई जोडेर विद्वानहरुका सपिपमा जाउ|

भावार्थ: यस मन्त्रमा वाचकलुप्तोपमालङ्कार च। जुन मनुष्यले औंला समान कर्म गर्ने र शिल्पविद्यामा प्रीति राख्ने पदार्थको गुण जानेर यान आदि कार्यमा उनको उपयोग गर्दछन् तिनले दिव्य भोग प्राप्त गर्दछन् ॥

             निचर्मणो गामरिणीत धीतिभिः को अर्थ सायणाचार्य आदिले ‘गौ को छाला काढ’ भनेर गरेका छन्, तर यहाँ यस्तो अर्थको कुनै संगति नै छैन | अँ, यसबाट वेदको टाउकामा गोहत्याको कलंक अवश्यक लाग्दछ, जो सर्वथा अन्याय हो | वेदमा गौलाई अघ्न्या = न मार्न योग्य मानिएको छ | सायणादिको अर्थ गां मा हिंसीः (गौलाई न मार) यस वेदवचनको विरोधी पनि हुन्छ | समस्त ऋषि मुनि यहि मान्दछन् कि वेदमा ‘वदतो व्याघात दोष’ = पारस्परिक विरोध छैन  | फेरी यदि सायणको अर्थ ठीक छ भने वेदवाक्य ‘निश्चर्मणं गामकुरुत’ हुनु पर्ने, ‘निश्चर्मणो गामरिणीत’ हैन | चर्म रहित भयो भने त त्यो गौ नै रहन्न| त्यसैले यस वाक्यको अर्थ अर्कै हुन्छ | ‘गौ’ शब्दको एक अर्थ वाणी पनि हो, यस अर्थलाई मान्दा यसको अर्थ हुन्छ- वाणीलाई चर्म्म रहित गरेर प्राप्त गर अर्थात कुराको मर्मलाई जान, जुन समय पाएर ‘रौंको छाला काढ्ने’ रुपमा प्रयोग भयो| ‘गौ’को एक अर्थ रौँ पनि हो | रौँको छाला काढ्ने अर्थ सबैले जान्छन् |

यस मन्त्रमा उत्तम शिल्पिहरुलाई आदेश छ | उनको कार्य्य नै यस्तै हुन्छ कि जसमा उनलाई यस कुराको आवस्यकता छ | तिनीहरुले आफ्नो विद्याको सारा रहस्यहरुलाई हस्तगत नगर्ने हो भने त कार्य नै चल्दैन |

दोस्रो चरणमा उपदेश छ जुन वृद्ध माता-पिता छन्, तिनलाई युवा समान बनाउ | ऋग्वेद (१/११०/८) मा पनि यहि ढंगको कुरो गरिएको छ –जिद्री युवाना पितराकृणोतन = वृद्ध माता-पितालाई युवा गराइदेउ | माता-पितालाई युवा गराउनुको भाव यहि हो कि उनीहरुले वार्द्धक्यको कष्टलाई अनुभव नगरुन |

तेस्रो चरणमा भनिएको छ सौधन्वना अश्वादश्वमतक्षत = हे उत्तम शिल्पिहरुहो! घोडा बाट घोडा बनाउ | घोडा बाट घोडा नै बन्दछ, पैदा हुन्छ | फेरी वेदले यो कुरो किन भनेन? यसको सीधासादा अर्थ यहि हो कि घोडा बाट उत्तम घोडा पैदा गर अर्थात तिम्रा पशुहरुका सन्तान आकार, शक्ति आदिमा हीन नहुन पाउन | यस विषयमा सावधानता नअपनाउने हो भने त उत्तरोत्तर ह्रास हुन लाग्छ| चत्तुर वैज्ञानी मनुष्यले यस ह्रासलाई रोकेर उत्तरोत्तर उत्कर्षको व्यवस्था गर्दछ |

चौथो चरणमा एक आवश्यक व्यवहारिक तत्वको उपदेश छ कि शिल्पिहरुले आँफू भन्दा उत्कृष्ट विद्वानहरुको संगति गर्दै रहनु पर्दछ ताकि शिल्पको उत्तरोत्तर उन्नति भइरहोस |अस्तु..

नमस्ते..!

-हार्दिक आभार: स्वामी वेदानन्द तीर्थ सरस्वती (स्वाध्याय सन्दोह बाट)

वेदमा गो हत्यारालाई मार्ने आदेश:

ओ३म्..

वेदमा गो हत्यारालाई मार्ने आदेश:

अरुको त कुरो छोडौं, आजभोलि हाम्रै हिन्दु समाज भित्र पनि गोमांस खाने र नखाने बिषयलाई लिएर तथाकथित समाज सुधारक, साहित्यकार, मानव अधिकारवादी, प्रगतिशील तथा कांग्रेस समर्थक राजनैतिक व्यक्तिहरु दिन प्रतिदिन व्यर्थको वाद-विवाद गर्ने गर्दछन्।

वास्तविकता त यो हो कि यिनिहरुलाई गाई, घोडा, गधा, कुकुर, बिराला या अन्य कुनै पशु तथा पंक्षी संग केहि पनि लेन-देन छैन, यिनको प्रमुख उद्देश्य सनातन धर्म र संस्कृतीको विरोध गर्नु र मुखमा डलरको काट्टो हालिदिने आफ्ना प्रभुलाई खुशी पार्नु नै हो। यस देशमा विगत २०-२२ वर्ष देखि व्यक्तिगत स्वार्थ, कुर्सि मोह र सत्ता लोलुपताको भोक ह्वात्तै बढेको छ, त्यसै कारणले सत्ताको लागि जे पनि गर्ने यिनको नीति कै कारणले अहिले यस्तो भयावह स्थितिको सिर्जना भएको छ। यदि यिनीहरुमा अलिकति पनि संवेदनशीलता या मनुष्यता हुन्थ्यो भने त आज मुस्लिम देशहरुमा जे भैरहेको छ, त्यसको विरोध गर्ने साहस अवश्य गर्ने थिए। मूल रूपमा यी सबै पाखण्डी हुन्, यिनीहरुलाई सनातन धर्म र संस्कृतीको विरोध गर्ने आर्थिक लाभ प्राप्त हुन्छ। यहि विरोधको नाउमा राष्ट्रद्रोह गर्नु यिनको स्वभाव नै बनिसकेको छ।

जसले आरोप लगाउने गर्दछन् कि हिन्दुहरुले गौको तुलनामा मनुष्यको मूल्य सम्झने गर्दैनन्, कुनै जनावरलाई कसैले मारिदियो त के भयो, जनावरको मनुष्यको तुलनामा के मूल्य छ? संसारका समस्त प्राणीहरु मनुष्य कै लागि बनेका हुन्। यिनलाई मारेर खानुमा कुनै अपराध हुन्न। संसारका सबै वस्तुहरु मनुष्यको उपयोगको लागि नै बनेका हुन्, यसको यो अभिप्राय त हुन सक्दैन कि कसैले यिनलाई नष्ट गरिदेओस्। संसारका प्राणीहरु पनि मनुष्यकै लागि हुन् तर यिनलाई मारेर खानु मात्र एक उपयोग हैन।

प्रथम कुरो त जे पनि संसारका वस्तुहरु र प्राणी छन्, ति सबै मनुष्यहरुका साझा सपत्ति हुन्, सबको लागि तिनको उपयोग हुनु पर्दछ। जसरि सबैको हित सिद्ध हुन्छ त्यस्तै उपयोग सबैले गर्नु उचित छ। संसारका वस्तुहरुको श्रेष्ठ उपयोग नै मनुष्यको बुद्धिमत्ताको कसौटी हो। कुनै मनुष्यले आफ्नै घरमा आगो लगाएर भनोस् कि काठ र दार त जलाउनको लागि नै हुन्। काठ-दार आदि दाउरा तथा इन्धनको रुपमा जलाउने काममा पनि आउँछन् र घर बनाउने पनि काम आउँछन्, यिनलाई यथोचित उपयोग गर्नु नै मनुष्यको धर्म हो।

कुनै पनि मनुष्यले अन्य कसैको अहित गरेर आफ्नो हित साध्न चाहन्छ भने उसलाई यस्तो गर्ने अधिकार दिन सकिन्न। समाजमा व्यक्तिगत आचरणको पूर्ण स्वतन्त्रता छ, तर सामाजिक परिस्थितिमा प्रत्येक व्यक्तिलाई समाजको नियमहरुको अधीनमा चल्नु पर्ने हुन्छ। जसले गाईको मासु खानुलाई आफ्नो अधिकार सम्झन्छन्, तिनले मनुष्यको मासु खान पाउने पनि अधिकार सम्झन सक्छन्। समाजमा यदि यस्तो कसैले गर्दछ भने उसलाई अपराधी मान्न सकिन्छ र उसलाई दण्डित गरिन सकिन्छ। त्यसैले सनातन धर्ममा गाईलाई नमार्न योग्य भनिएको छ।

समाजको एक वर्गले नियम-कानुनको विरोध गरेर गोमांस खाने आफ्नो अधिकार भन्छ। एक वर्ग जो बहुसंख्यक छ, गौ हत्याको अनुमति दिन्न, तब पनि यदि त्यस्तो गरिन्छ भने देश र समाज संग द्रोह गर्नु सरह हुन्छ। यस्तो परिस्थितिमा जब एक वर्गले नियम मान्न अस्विकार गर्दछ भने अर्को वर्गले पनि नियम भंग पक्कै गर्दछ, त्यसपछि जे हुन्छ, त्यो कसैको हितमा हुँदैन। कसैको गाई काट्ने मौलिक अधिकार हो भने गौ रक्षा गर्ने र गोहत्यारालाई दण्डित गर्ने पनि समस्त हिन्दुहरुको मौलिक अधिकार हो। यो दुवै स्थितिले समाजमा अराजकता उत्पन्न गर्दछ, यो समाजको हितमा छैन। हामीले समाजको हितलाई सर्वोपरि राख्नु पर्ने हुन्छ। यदि कसैले गोहत्या गरेर आँफूलाई श्रेष्ठ सिद्ध गर्न चाहन्छ भने अर्काले सुँगुरको कुरा लिएर कसैको भावनालाई आहत गर्दछ। यो संघर्ष एकदम निन्दनीय छ।

जो पनि गोहत्याका पक्षधर छन्, ति आफ्नो भोजनको चिन्तामा पूरा समाजको भोजनमाथि संकट उत्पन्न गर्दैछन्। गाईको मासु त केवल केहि मुठीभर व्यक्तिको लागि विलाशीताको आवश्यकता होला तर गाईको दुध र गौ वंशबाट प्राप्त हुने समग्र लाभ पूरा समाजको आवश्यकता हो। यो मांसाहारीहरुको लागि पनि आवश्यकता हो। यिनै मांसाहारी हरुकै कारणले गर्दा मानव समाजमा आज भयंकर संकट उत्पन्न भएको छ। हामी सबैलाई आ-आफ्नो परिवारमा दुध-दहि-घिउ-मोही-खिर-पनीर-मिठाई आदि हरेक दिन चाहिन्छ, साना-साना बाल-बालिका हरुलाई दुध चाहियो, वृद्धलाई दुध चाहियो, रोगीलाई दुध चाहियो। संसारमा आज प्रतिदिन जति दुधको आवश्यकता छ, त्यसको तुलनामा दुधको उत्पादन निक्कै कम छ, त्यसैले दुध-दहि-घिउ-पनीर-मिठाइ आदि सबै बजारमा नक्कली आइरहेकाछन्। दुध बाट बनेका हरेक वस्तुमा आज मिलावट छ, किनकि गौवंशको हत्या निरन्तर बढ्नाले यसको संख्या घटिरहेको छ। यदि यो क्रम रोकिएन र जारी रह्यो भने हाम्रा लागि डीडीटि पाउडर पानीमा घोलेर खानुको अतिरिक्त अन्य कुनै उपाय बच्ने छैन। भोजनमा यदि गोदुग्धका पदार्थलाई निकाल्दिनेहो भने केहि बच्दैन। हामि सम्झन्छौं कि कारखाना र उद्योगहरु बाट समृद्धि आउँछ, समृद्धिको वास्तविक आधार पशुधन हो। मनुष्यका जति आवश्यकताहरुको पूर्ति पशुबाट प्राप्त हुने वस्तुहरु बाट हुन्छ, त्यति अन्य कुनै पदार्थ बाट हुन सक्दैन।

जीवित पशुबाट नै हामीलाई अधिक लाभ हुन्छ, मरे पछी पनि लाभ त हुन्छ नै। स्वयं मरेका पशुको उपयोग कम छैन अतः पशु वध गर्नुपर्ने आवश्यकता छैन। गोदुग्ध र त्यसबाट बनेका पदार्थहरु बाट जहाँ मनुष्यको बल र बुद्धि तथा सात्विकता बढ्छ भने त्यहाँ मासु तमोगुणी भोजन हो, यसबाट व्यक्ति तमोगुणी हुन्छ र उसमा पशु-वृत्तिको वृद्धि हुन्छ। त्यसैले महर्षि दयानन्द सरस्वतिले आफ्नो जीवनमा घोषणा गरेका थिए कि गौवंशको नाश हुनाले राजा र प्रजा दुवैको पनि नाश हुन्छ।

अहिले नेपालको नाश गर्नको लागि विदेशीहरु तथा भित्रबाट अंग्रेज र बाहिरबाट नेपाली देखिने स्वदेशीहरुले हाम्रो समृद्धिको दुई वटा सूत्र- एउटा हाम्रो शिक्षा जो हाम्रो विचार र चिन्तनको उत्कर्षको आधार थियो त्यसलाई लगभग नष्ट गरिसके तथा दोस्रो पशु धन विशेष रूपमा गौवंश हो हाम्रो समृद्धिको मूल हो त्यसलाई नाश गर्नको लागि यस देशलाई दरिद्र बनाउँदै छन्। तिनकै दलालहरुको रूपमा जसले यस देशमा तीनिहरूबाट पोषण पाउने गर्दछन्, तिनकै इशारामा काम गर्दैछन् र यो सब तिनकै षडयन्त्र हो। तिनीहरुले नै गाईको मासु खान पाउने मौलिक अधिकार हो भन्ने जस्तो कुरो उठाएर विवाद उत्पन्न गराउँदैछन्। सत्य सनातन वैदिक संस्कृतिलाई बद्नाम गर्ने र विदेशमा देशको छवि बिगार्ने काम गर्दैछन्।

गाई हाम्रो मात्र पहिचान हैन, सबैको हो। गाई उपयोगिताको दृष्टिले दुध नदिए पनि उपयोगी छ। त्यसको गोबरबाट उत्कृष्ट मलखाद र मूत्रबाट अमृत सरि औषधको निर्माण हुन्छ। विगत केहि वर्ष देखि गाईमा गरिएको अनुसन्धानले सिद्ध गरिदिएको छ कि गाईले आफ्नो दुग्ध उत्पादन बाट केवल हाम्रो भोजनको समृद्धि बढाउने मात्र हैन, अपितु आफ्नो गोबरबाट माटोको उर्वरा-शक्ति बढाउने र संरक्षण पनि गर्दछ। गोमूत्रबाट अमेरिका जस्तो देशमा क्यान्सरको औषधि निर्माण हुँदैछ। भारतमा महर्षि दयानन्दले आफ्नो जीवन कालमा गौवंशको रक्षाका लागि निक्कै प्रयत्न गरेका थिए। गोहत्याको विरोधमा करोडौं मानिसहरुको हस्ताक्षर संकलन गरेर महारानी विक्टोरियालाई अवगत गराएर गोहत्या बन्द गर्ने आन्दोलन चलाएका थिए। उहाँको उत्कृष्ट रचना मध्ये एक ‘गोकरुणानिधि’ मा एउटा गाईको जीवन भरिको दुधबाट कति जना मानिसको पालन-पोषण हुन्छ तथा त्यसको मासुबाट एक पटकमा कति जनाको पेट भरिन्छ, यसको तुलना गरेर गौ-अर्थशास्त्र सम्झाएका छन्।

गाईलाई सनातन धर्ममा पवित्र मानिएको छ, यो केवल एक धार्मिक भावनाको मात्र प्रश्न हैन। आज गाईको दुधको गुणकै कारण हामीले पूजा गर्ने गाईको नस्ल (जर्शी हैन) संरक्षण ब्राजील र डेन्मार्क जस्ता देशमा गरिदै छ। त्यहाँ गौ संवर्धनको कार्य निक्कै व्यापक स्तरमा गरिदै छ। यस्तो परिस्थितिमा हाम्रो देशमा यस किसिमको विवाद निन्दनीय र चिन्ताजनक छ।

हाम्रा गाईको तुलनामा विदेशी नस्लका गाईहरूको दुध तथा त्यसको यत्पादनमा कति विष छ भन्ने कुराको निक्कै ठूलो मात्रामा अनुसन्धान भैसकेको छ। हाम्रो स्थानीय गाई आज समाप्त हुने कगारमा छ। यस्तो परिस्थितिमा यस्तो विवाद स्वयं प्रेरित भएको भनेर भन्न सकिन्न। जसले सामाजिक ताना-बानालाई तोडेर राष्ट्रको प्रगति रोक्न चाहन्छन्, यो त्यस्तै मानिसको काम हो।

भोजनको स्वतन्त्रताको नाउमा जसले सनातन परम्परा, सामाजिक ढांचा तथा कानूनलाई तोड्न चाहन्छन्, तिनलाई यो पनि अवश्य ज्ञात होला कि स्वतन्त्रताको कुरो तब मात्र आउँछ, जब हामि संग कुनै वस्तु सर्व सुलभ होस्। यदि कसैले उसलाई गोमांस खाने स्वतन्त्रता र अधिकार छ भनेर सम्झन्छ भने के गोमांस खानेहरुको अधिकारले गोदुग्ध खानेहरुको अधिकार समाप्त हुन्छ र? गोमांस र गोदुग्धको अधिकारमा गोमांस खाने कुरो गर्नु केवल बौद्धिक दरिद्रताको पहिचान हो।

नयाँ नयाँ वैज्ञानिक खोजहरुले सिद्ध गरेका छन् कि प्राणिहरुको हिंसा र निरन्तर बढ्दै गरेको क्रूरताले पृथ्वीको पर्यावरण सन्तुलन बिग्रिदै गएको छ। प्राणिहरुको हत्या गर्ने कार्य नयाँ प्रविधि र विज्ञानको प्रयोग बाट निक्कै ठूलो स्तरमा चलाइदै छ, यसमा क्रूरता पनि त्यति नै बढेको छ। मनुष्यले छालाको लोभमा पशुको गर्भस्थ शिशुहरुको हत्या गर्दछ र भोजनको नाममा पशुलाई भयङ्कर यातना दिन्छ। यस्तो यातनाबाट मनुष्यको स्वभाव पनि क्रूर हुँदै गएको छ।

आजभोलि हाम्रो समाजमा बालक देखि वृद्ध सम्म, गाउँ देखि नगर सम्म सबैको स्वभावमा असहिष्णुता र क्रूरताको समावेश भएको छ; यसको प्रमुख कारण हाम्रो व्यवहारमा आएको हिंसा नै हो। जुन धर्ममा दया, करुणा र संयमताको स्थान हुन्न, त्यसलाई धर्म भन्नु नै उचित छैन। अहिंसा, दया, करुणा र संयम बिना समाजमा कदापि मर्यादाको रक्षा गर्न सकिदैन। गौ आदि प्राणिहरुको रक्षण र पालन बाट समृद्धिका साथ सद्गुणहरुको पनि समावेश हुन्छ। केहि मानिसहरुले गाईलाई माता भन्ने बिषयमा व्यङ्ग्य तथा ठट्टा गर्ने प्रयत्न गर्दछन्। यस्ता मुर्ख तथा लाल-बुझक्कड हरुलाई थाहा नै छैन कि यी शब्दहरुको भावनात्मक मूल्य के छ?

सनातन वैदिक संस्कृतीमा संसारका हरेक पदार्थहरुको गुणलाई सम्झने र तिन बाट लाभ उठाउने तथा ति संग आत्मीय भाव विकसित गर्ने मान्यता छ। जो संग मनुष्यको आत्मीय भाव हुन्छ, मनुष्यले तिनको रक्षा गर्दछ र ति वस्तुहरु संग प्रेम गर्दछ। आफ्नो पालन-पोषण गर्ने भूमिलाई पनि माता भनिन्छ र गाईलाई पनि। सबन्धमा ठूलो गुरु तथा राजा आदिकी पत्नीलाई पनि माता नै भनिन्छ। यो शब्दले सम्मान र त्यस प्रति कर्त्तव्यको बोध गराउँछ।

जसले गाईको मासु खान पाउने आफ्नो अधिकारहो भन्ने गर्दछन् र ईश्वरले समस्त पशु-पंक्षीहरु मनुष्यको भोजनको लागि नै बनाएको हो भनेर कुतर्क गर्दछन् भने तिनीहरु संग एउटा प्रश्न सोधौं- के सुँगुर र बंगुरलाई ईश्वरले नबनाएर कुनै मनुष्यले बनाएको हो? र यिनलाई पनि यदि ईश्वरले नै बनाएको हो भने के ईश्वरले अपवित्र वस्तु र प्राणी बनाउने गर्छ? वस्तु तथा प्राणिहरुको पवित्रता र अपवित्रता मनुष्यको अपेक्षाले हुन्छ। परमेश्वरको लागि सारा रचना पवित्र नै छ। जहाँ सम्म मनुष्यले स्वयंलाई पवित्र सम्झने गर्दछ, एक पटक योग दर्शनको पंक्ति स्मरण गर्नु पर्छ जहाँ मनुष्यको शरीर जन्म देखि मृत्यु सम्म अपवित्रताको पर्याय हो भनिएको छ। फेरी कुनै प्राणी रचनाको दृष्टिले कसरि पवित्र-अपवित्र हुन्छ?  परमेश्वरको सारा रचना पवित्र छ। मनुष्यले आफ्नो ज्ञान, रुचि एवं आवश्यकता अनुसार वर्गीकरण गर्न सक्छ।

आज गौवंशलाई बचाउनको लागि जनचेतना जगाउनु र गोहत्यारालाई मृत्युदण्डको व्यवस्था गरिनु पर्छ। वेदमा त गोहत्यारालाई मार्ने विधान स्पष्ट छ। यो विवादित बिषय तिनीहरुको लागि हुनसक्छ जसले वेदमा गोहत्या गर्ने विधान छ भनेर मिथ्या आरोप लगाउने गर्दछन्। वेदले त स्पष्ट रुपमा आदेश दिन्छ कि – यदि कसैले तिम्रा गाई, घोडा, पुरुषको हत्या गर्दछ भने त्यसलाई सिसाको गोलीले मारिदेउ। मन्त्र यस प्रकार छ-

यदि नो गां हंसि यद्यश्वं यदि पूरुषम् ।
तं त्वा सीसेन विध्यामो यथा नोऽसो अवीरहा ॥ – अथर्ववेद: १/१६/४

अस्तु..

नमस्ते..!

-(हार्दिक आभार: – स्व. डा. धर्मवीर)