*राष्ट्रको विनाश कसरि हुन्छ?*

ओ३म्..

“वयं राष्ट्रे जागृयाम पुरोहिताः।” (यजुर्वेदः९/२३)

(भावार्थ: हामि आफ्नो राष्ट्रको सावधान भएर नेतृत्व गरौँ र विधर्मिहरु तथा देशद्रोहि हरुलाई देशबाट निकालेर बाहिर गरौँ।)

 

*राष्ट्रको विनाश कसरि हुन्छ?*

-(प्रेम आर्य, दोहा-कतार)

  • जब कुनै राष्ट्रको नेताले आफ्नो राजनैतिक स्वार्थको लागि राष्ट्रको हितलाई बलि चढाउँछ ।
  • जब व्यक्ति तथा संगठनले आफ्नो स्वार्थलाई राष्ट्रहित भन्दा माथि सम्झन लाग्छन्।
  • जब राजनेताले आफ्ना राजनैतिक प्रतिद्वन्दीको अहित गर्नको लागि छिमेकी शत्रु राष्ट्रका नेताहरु संग सहयोग माग्छन् वा यस्तो इच्छा गर्दछन्।
  • जब नागरिकहरु विदेशी व्यक्ति, सम्प्रदाय, संस्कार, परम्परा, शिक्षा, कानून आदि लाई स्वदेशी व्यक्ति, सम्प्रदाय, धर्म, संस्कार आदि भन्दा श्रेष्ठ मान्न लाग्दछन् अर्थात् ति विदेशीहरुको बौद्धिक तथा मानशिक दास बन्दछन्।
  • जब नेताले विदेशी आक्रान्ताहरुको दुष्टनीति अनुसरण गरेर राष्ट्रका नागरिकहरुलाई जाति, सम्प्रदाय, भाषा आदिका नाउमा विभाजन गरेर आफ्नो सत्ता कायम राख्न अथवा सत्ता प्राप्त गर्न चाहन्छन्।
  • जब राष्ट्रका विभिन्न सम्प्रदायका नेताहरु अर्थात् कथित जाति अथवा धार्मिक नेताहरु (धर्मगुरुहरु)मा परस्पर ईर्ष्या-द्वेष उत्पन्न हुन्छ।
  • जब संगठनका नेताहरुले आफ्नो संगठनको लाभको लागी अर्को संगठन अथवा राष्ट्र-हितको उपेक्षा गर्न थाल्छन्।
  • जब कर्म तथा चरित्रको अपेक्षा जन्ममा आधारित जाति व्यवस्था स्वीकार्य हुन्छ र यसैको आधारमा सामाजिक तथा राजनैतिक भेदभाव हुन थाल्छ।
  • जब नागरिक तथा शासक दुवैले आफ्नो भौतिक आवश्यकतालाई आफ्नो योग्यता तथा कर्मको अपेक्षा बढाउने प्रयत्न गर्न थाल्छन्।
  • जब योग्यता तथा चरित्रमा अयोग्यता तथा दुष्चरित्रता हावी हुन थाल्छ।
  • जब आफ्नै उन्नति तथा सुखमा चुर्लुम्म डुबेका नागरिक अथवा शासकहरु आफ्नै देशका अन्य नागरिकहरुलाई दुःखी तुल्याउनमा संकोच गर्दैनन्।
  • जब नागरिक तथा नेता सत्य-विज्ञान तथा सत्यधर्म देखि दूर हटेर अंधविश्वास तथा अवैज्ञानिक रुढीवादमा फस्न थाल्छन्।
  • जब नागरिक तथा नेताहरु कामी, लोभी, अहंकारी, मोही, ईर्ष्यालु तथा असहिष्णु हुन्छन्।
  • जब राष्ट्रवासी हरुको भोजन मांस तथा मादक पदार्थ आदि बुद्धि भ्रष्ट गर्ने तमोगुणी तथा तीव्र रजोगुणी हुन्छ ।
  • जब दण्ड व्यवस्था तथा न्याय प्रक्रिया शिथिल तथा पक्षपातपूर्ण हुन्छ।
  • जब नागरिक तथा नेताहरुले आफ्नो राष्ट्रको प्राचीन गौरव, इतिहास, आदर्श तथा संस्कारलाई घृणा गर्न अथवा त्यसको निन्दा गर्न लाग्छन् र शत्रु देशका नेताहरु, नागरिकहरु अथवा मानवताका शत्रुहरु (आतंकवादिहरु) को भाषा बोल्न लाग्छन्।
  • जब कथित धर्मगुरुहरुले अवैज्ञानिक मान्यताहरुलाई प्रचारित गर्दै धन, यश तथा प्रतिष्ठालाई नै आफ्नो जीवनको लक्ष्य बनाउँछन्।
  • जब राष्ट्रवासीहरु त्यागवादको स्थानमा भोगवादको मार्गमा चल्न थाल्छन्।

तब, त्यो राष्ट्र नष्ट हुन्छ….!

दुर्भाग्यबस यी सबै लक्षणहरु आज हाम्रो अभागी देशमा देखिदैछ। कहीं जातीय तथा साम्प्रदायिक त कहीं राजनैतिक विद्वेष तथा असहिष्णुताको ताण्डव छ र बौद्धिक तथा मानसिक दासता हावी हुँदैछ। धर्मगुरु, नेता, समाजसेवी, शिक्षाविद आदि सबै यसको लागि समानरूपले उत्तरदायी छन्। कसैले सम्झन र बुझ्न नै चाहन्न कि देशलाई मेटाएर स्वयंको पनि विनाश हुनेछ। न देश रहन्छ, न सत्ता…!

आदरणीय राष्ट्रवादी तथा देशप्रेमी देशवासीहरु हो! जागौं! यदि बच्नुछ भने देशलाई बचाउँ अन्यथा हाम्रा भावी सन्ततिहरुले हाम्रो करतुतका कारणले रगतका आँसु बगाउनेछन्। उठौँ! समयको पुकार सुनौं, विनाशको आहट सुनौं। ईमानदारीपूर्वक आफ्नो धर्म तथा कर्त्तव्यलाई सम्झौं र त्यसको निष्ठापूर्वक पालन गर्नको लागि कटिबद्ध हौँ । अस्तु..

जय स्वाभिमान..!

जय नेपाल…!

नमस्ते..!

-प्रेरणा श्रोत: *आचार्य अग्निव्रत नैष्ठिक* (वैदिक वैज्ञानिक)

(वैदिक एवं आधुनिक भौतिक विज्ञान शोध संस्थान)

भागलभीम, भीनमाल,जालोर (राजस्थान) भारत

 

2 thoughts on “*राष्ट्रको विनाश कसरि हुन्छ?*”

    1. ओ३म्..
      पुन जी नमस्ते..!
      हिन्दीमे बहुत लेख मिलेंगे..यदि इसीको हिन्दीमे चाहिए तो इस लिंक में जाकर देखिये:
      http://www.vaidicscience.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *