..योग र यसका अंग-०९

ओ३म्..

..योग र यसका अंग: (अन्तिम भाग)

संयमजयको फल
==================

“तज्जयात्प्रज्ञालोकः।।” (योगदर्शन ३/५)

माथि संयमको बारेमा भनिएको छ, संयम-जय सम्यक् अभ्यस्त हुनाले योगीको समाधिजन्य प्रज्ञा (बुद्धिको आलोक) प्रकाश प्रकट हुन्छ, अर्थात् स्वच्छ एवं सूक्ष्म हुनाले प्रज्ञा विकसित हुन्छ।

व्यास भाष्यः “तस्य संयमस्य जयात् समाधिप्रज्ञाया भवत्यालोको यथा यथा संयमः स्थिरपदो भवति तथा तथेश्वर प्रसादात् समाधिप्रज्ञाविशारदी भवति।”

अर्थः पूर्वोक्त सूत्रोक्त संयम-जय अभ्यस्त हुनाले समाधि-प्रज्ञा अर्थात्, समाधिजन्य प्रज्ञा बुद्धिको आलोक (प्रकाश) दीप्त हुन्छ र जसै-जसै संयम स्थिर पद राम्रो प्रकारले अभ्यस्त हुन्छ, त्यसै-त्यसै ईश्वरको अनुग्रहले समाधिजन्य प्रज्ञा विशारदी निर्मल तथा सूक्ष्मविषयलाई पनि शीघ्र ग्रहण गर्न सक्ने हुन्छ।

संयमको उत्तरवर्ती दशाहरुमा उपयोग

“तस्य भूमिषु विनियोगः ।।” (योगदर्शन: ३/६)

सूत्रार्थः ति पूर्वावस्थाहरुमा अभ्यस्त संयमलाई उत्तरवर्ती अतिशय उन्नतदशाहरुमा उपयोग गर्नु पर्छ।

व्यास भाष्यको अभिप्रायः

त्यो संयम जसले योगसाधना भूमि अर्थात्, अवस्था विशेषलाई जितीसकेको छ, अर्थात् अभ्यास गरिसकेको छ, त्यसले अनन्तर (व्यवधान रहित) अतिशय निकट क्रमप्राप्त अगाडिका अवस्थाहरुमा विनियोग (उपयोग) लिनु पर्छ। किनकि निम्न अथवा प्रथम भूमि (अवस्थाहरु) नजितेर त्यसको उत्तरवर्ती भूमिको उल्लंघन गरेर (नजितेका प्रान्तभूमि) अत्युच्च सूक्ष्म भूमिहरुमा संयम गर्न सकिन्न र उक्त संयम बिना योगीलाई प्रज्ञालोक (समाधिजन्य बुद्धि) को प्रकाश कसरि प्राप्त हुन सक्ला? र ईश्वरको अनुग्रहले यदि योगीले उत्तर भूमि (उच्च दशा) मा संयमको अभ्यास गरिसकेको छ भने त्यसले निम्न परचित्त (ज्ञानादि अवस्थाहरु) मा संयम गर्नु उपयुक्त छैन। अर्थात्, उन्नत दशा प्राप्त भएर अधर दशामा संयम गर्नु व्यर्थ छ। यसको कारण यहि हो कि उक्त प्रयोजनले अधारभूमिमा  संयम गर्नुको संयम भन्दा भिन्न उपाय ईश्वरानुग्रहले नै बोध अथवा सिद्धि हुन्छ  र यो जान्नको लागि यस भूमि (दशा) को अनन्तर भूमि कुन चाइ हो, यस विषयमा योगको अभ्यास नै उपाध्याय अथवा गुरु हुन्छ।  यसको कारण यस्तो भनिएको छ:-

“योगेन योगो ज्ञातव्यो योगो योगात् प्रवर्तते।
यो अप्रमत्तस्तु योगेन स योगे रमते चिरम्।।”

योग बाट नै योगलाई जान्नु पर्दछ । योगको अभ्यास बाट नै योग अगाडी बढ्दछ। जुन योगीले योग-साधनहरुमा प्रमाद गर्दैन अर्थात् सदा अभ्यास गर्दछ, ऊ योगाभ्यासरूपी गुरु संग योगसाधनामा दीर्घकाल सम्म रमण गर्दछ। अस्तु..

नमस्ते..!

-(हार्दिक आभार: शिशु संस्कृतम्)

प्रेम आर्य

दोहा, कतार बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *