दास प्रथा र बलि प्रथालाई बाइबलमा मान्यता:

ओ३म्..

दास प्रथा र बलि प्रथालाई बाइबलमा मान्यता:

वेदले शूद्र बनायो…,  मनुस्मृतिले शूद्र बनायो…., पुराणले शूद्र बनायो…! बस्, बनाएन त केवल बाइबल र कुरानले! यहि दोष लगाएर अहिले नेपाली समाजमा एकापसमा वैमनस्यता सिर्जना गरिदै छ र अशिक्षित सोझा-साझा हिन्दु समुदायलाई धमाधम ईसाई तथा इस्लामी करण गरिदै छ।

यस्ता यस्ता लाल-बुझक्कडहरु पनि छन् जसलाई यो पनि थाहा नहुन सक्छ कि वेद कतिवटा छन् र तिनमा कति-कति अध्यायहरु छन्? तर पास्टर र मुल्लाका हातका कठपुतली बनेर आफ्नो सत्य सनातन वैदिक धर्म, धर्मशास्त्रहरु र संस्कृति तथा परम्परालाई धारे हात लगाएर गालि दिनमा स्वयंलाई निक्कै विद्वान तथा ज्ञानी सम्झन्छन्। यसमा ति तथाकथित् दलित नेता र यसको नाउमा राजनीतिको व्यापार गर्ने दलालहरु नै अग्रपंक्तिमा छन्। यिनलाई यो पनि थाहा छैन कि सुद्र कसलाई भनिन्छ र दलित भनेको केहो र  कसले बनायो। बस्, यिनलाई त थाहा छ केवल लाभ-हानिको फोहोरी राजनीति..! त्यसैको दल-दलमा अरुलाई पनि धकेल्न चाहन्छन्।

यिनै अति ज्ञानि भनाउदा लाल-बुझक्कड हरुलाई एउटा साधारण प्रश्न:-

  • मानौं वेद, स्मृति र पुराणमा मिथ्या कुरो लेखिएको छ, तर के कहिल्यै कुनै मुल्लालाई लूट, काट-मार र बलात्कारको आज्ञा दिने कुरानको बिरुद्ध बोलेको सुनेका छौ???
  • के कहिल्यै कुनै ईसाई पादरी तथा पास्टरलाई दासप्रथा, समलैंगिक मैथुन, आफ्नै पिता संग अवैध सम्बन्ध स्थापित गरेर सन्तान जन्माउने, आफ्नी माता र माता समान भाउजु संग पनि यौन सम्बन्ध कायम गर्न सकिने, आफ्नै सगोत्र दिदी-बहिनी संग पनि विवाह गर्न सकिने,  विवाहित भएर पनि मामाकी छोरीहरु र उनकी दासिहरु बाट बच्चा पैदा गर्न सकिने शिक्षा दिने, पशु-पंक्षी तथा मानव बलिको समेत आज्ञा दिने बाइबलको विरुद्ध बोलेको सुनेका छौ???
  • के कहिल्यै तिमीले पनि वेद र स्मृति ग्रन्थलाई मिथ्या आरोप लगाएर सडकमा कुर्लिए झैं मानवतालाई नै कलंकित गर्ने शिक्षा दिने ति कुरान र बाइबलको पाठका बारेमा तिनीहरु संग कुनै प्रश्न गरेका छौ???
  • तिनको विरुद्ध पनि एक शब्द बोलेका छौ???
  • आफ्नो धर्मलाई सुधार्नको लागि के एउटा तिमि मात्र जन्मिएका छौ??
  • के यसरि नै सुधार हुन्छ धर्मको??
  • धर्मको बारेमा केहि बुझेका छौ??
  • ईद उल जोहा कसरि सुरु भयो??

समस्त मानवतालाई नै कलंकित गर्ने बाइबलको गलत शिक्षा:

  • ईसाईहरुको भगवान (येहोवा) ले अब्राहाम संग उसको एकमात्र छोरो इसहाकको बलि चढाउने आदेश दियो। (बाइबल:उत्पत्ति:२२/११८)
  • “पहिले जन्‍मने सबै बालक र गाई-वस्‍तुका बाछाहरू मलाई अर्पण गर्‌ किनभने इस्राएलको हरेक जेठो छोरा र गाई-वस्‍तुले ब्‍याएको पहिलो बाछो मेरा हुन्।” (बाइबल:प्रस्थान-१३/२)
  • परमप्रभुलाई बिनाशर्त अर्पण गरिएको मानिस वा पशु वा जमिन अर्पण गर्नेले त्‍यसलाई बिक्री गर्नु वा किनी फिर्ता लिन पाउनेछैन। त्‍यो सदाकालको निम्‍ति परमप्रभुको हो।बिनाशर्त अर्पण गरिएको मानिसलाई पनि किनी फिर्ता लिन सकिनेछैन, त्‍यसलाई मार्नुपर्छ। (बाइबल:लेबी-२७/२८-२९)
  • परमप्रभुको वेदीमा पूरा गरी जलाउनुपर्ने बलिहरू त्‍यही स्‍थलमा चढाओ। जुन बलि चढाउँदा मासुचाहिँ तिमीहरू खान्‍छौ र रगत वेदीमा खन्‍याइदिन्‍छौ, ती पनि त्‍यहीँ चढाओ (बाइबल:व्यवस्था-१२/२७)
  • …दिन-दिनको होमबलिको निम्‍ति दुईवटा एकवर्षे निष्‍खोट थुमाहरू।पहिलो पाठो बिहान र दोस्रो पाठो बेलुका चढाउनू। (बाइबल:गन्ति:२८/३-४)
  • विश्रामको दिनचाहिँ दुईवटा एकवर्षे निष्‍खोट थुमा चढाउनू.. र मद्यबलि चढाउनू। (बाइबल:गन्ति:२८/९)
  • हरेक महिनाको पहिलो दिनमा यी पशुहरूको होमबलि चढाउनू– दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू यी सबै पशुहरू निष्‍खोट हुनुपर्छ।(बाइबल:गन्ति:२८/११)
  • उचित मद्यबलि यस्‍तो हुन्‍छ, हरेक साँढेसित दुई लिटर दाखमद्य, साँढ-भेडासित डेढ लिटर र पाठोसित एक लिटर दाखमद्य। वर्षभरि हरेक महिनाको पहिलो दिनमा चढाउने होमबलिको यही नियम हो।दिनहुँ मद्यबलिसित चढाउने होमबलिबाहेक एउटा बोको पापबलिको रूपमा चढाउनू।(बाइबल:गन्ति:२८/१४-१५)
  • परमप्रभुलाई खुसी पार्ने बास्‍नाको निम्‍ति एउटा होमबलि चढाउनू। निष्‍खोट दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू बलि चढाउनू।(बाइबल:गन्ति:२८/२७)
  • तिमीहरूले मलाई चढाउनुपर्ने अन्‍न र दाखमद्यको प्रशस्‍तताबाट ठीकसित समयमा देओ। “तिम्रा जेठा छोराहरू मलाई देओ। तिम्रा गाई-वस्‍तु र भेडाको पहिलो बाछो वा पाठो मलाई देओ। पहिले जन्‍मेको बाछो वा पाठो सात दिनसम्‍म माऊसित बसोस् र आठौँ दिनमा त्‍यो मलाई चढाउनू। (बाइबल:प्रस्थान-२२/२९-३०)
  • तिमीहरूलाई कमारा-कमारी चाहिन्‍छ भने तिनीहरूलाई तिम्रा चारैपट्टि भएका जातिहरूबाट किन्‍नू।तिमीहरूका माझमा बास गर्ने विदेशीहरूका छोरा-छोरी पनि तिमीहरूले किन्‍न सक्‍छौ। तिम्रा देशमा जन्‍मेका यस्‍ता बाल-बालिकाहरू तिम्रा सम्‍पत्ति हुन सक्‍छन्। अनि तिनीहरूलाई तिम्रा छोराहरूका हातमा पैतृक सम्‍पत्तिका रूपमा छोडिराख्‍न सक्‍नेछौ। तिनीहरूले आफ्‍ना जीवनभरि तिम्रा छोराहरूको सेवा गर्नुपर्नेछ। तर तिमीहरूले आफ्‍ना इस्राएलीहरू छिमेकीहरूसित निष्‍ठुर व्‍यवहार नगर्नू। (बाइबल:लेबी-२५/४४-४६)
  • “कुनै मानिसले आफ्‍नी छोरीलाई कमारी बनाएर बेचेको छ भने त्‍यो केटी कमाराहरूजस्‍तो स्‍वतन्‍त्र भएर जान पाउनेछैन। कसैले त्‍यसलाई स्‍वास्‍नी बनाउन किनेको थियो र अब आफ्नी स्‍वास्‍नी बनाएर राख्‍न मन पराउँदैन भने त्‍यो केटीलाई त्‍यसकै बुबालाई बेचिदेओस्। त्‍यसको मालिकले त्‍यसलाई कुनै विदेशीको हातमा बेच्‍न सक्‍नेछैन किनभने त्‍यसले कमारीलाई अन्‍याय गरिसकेको छ। कुनै मानिसले आफ्‍नो छोरोको लागि कमारी किनिदिएको छ भने त्‍यसलाई छोरीजस्‍तै गरोस्। कुनै मानिसले अर्की स्‍वास्‍नी ल्‍यायो भने त्‍यसले अघिल्‍ली स्‍वास्‍नीलाई खानपान, लुगाफाटा र अघिझैँ स्‍वास्‍नीको अधिकार दिइराखोस्। यदि त्‍यस मानिसले आफ्‍ना यी कर्तव्‍यहरू पूरा गर्दैन भने त्‍यसले अघिल्‍लो स्‍वास्‍नीलाई एक पैसा नलिई स्‍वतन्‍त्र गरेर छोडिदेओस्। (बाइबल:प्रस्थान:२१/७-११)
  • दासलाई मालिकको इच्छानुसार कडा सजाय दिन सकिन्छ। (बाइबल:लूका:१२/४७-४८)
  • एक पटक परम प्रभूले मोसालाई मदीनामा आक्रमण गर्ने आदेश दियो किनकि उनीहरुले इसरायलीहरुको धर्म परिवर्तन गर्ने कोशिश गरेका थिए। मोसाका सैनिकहरुले मदीनाका सारा मानिसहरुलाई मारे र अन्य मालका साथै ३२,००० कन्या केटीहरुलाई आफ्ना दासी बनाएर सेनाका साथ आपसमा बाँडे। २% परम प्रभूको भाग पुजारीले पायो जसबाट उसको भागमा ३६५ कन्या केटीहरु आए। (बाइबल: गन्ति:३१/ १-४८)
  • कमाराहरू हो, ख्रीष्‍टको सेवा गरेझैँ इमानदारिसाथ तिमीहरूका संसारका मालिकहरूको डर राखेर आज्ञा मान्‍नू।तिमीहरूको काम आँखाको अघि मान्‍छेलाई देखाउने र उनीहरूबाट स्‍याबासी पाउने किसिमको मात्र नहोस् तर परमेश्‍वरको इच्‍छाअनुसार ख्रीष्‍टकै कमारोले झैँ पूरै दिलोज्‍यानले काम गर। (बाइबल:एफिसी-६/५)

ब्राह्मण निर्धारण जन्मले वा कर्मले ???
अज्ञानताका र स्वार्थवश ब्राह्मणको निर्धारण माता-पिताको जातीको आधारमा सुरु गरियो तर वैदिक प्रणाली अन्तर्गत वर्णव्यवस्था व्यक्तिको गुण-कर्म-स्वाभाव अनुसार नै गर्ने गरिन्थ्यो जस्तै:
जन्मना जायते शूद्रः संस्कारात् भवेत् द्विजः।
वेद-पाठात् भवेत् विप्रः ब्रह्म जानातीति ब्राह्मणः।।
जन्मले मनुष्य शुद्र र संस्कारले द्विज (ब्रह्मण-क्षेत्रीय-वैश्य) बन्दछ। वेद पठान-पाठन गर्नाले विप्र र जसले ब्रह्मलाई जान्दछ त्यो ब्राह्मण हुन्छ।
ब्राह्मणको स्वभाव:
शमोदमस्तपः शौचम् क्षांतिरार्जवमेव च।
ज्ञानम् विज्ञानमास्तिक्यम् ब्रह्मकर्म स्वभावजम्।।
चित्तमा नियन्त्रण, इन्द्रियहरुको नियन्त्रण, शुचिता, धैर्य, सरलता, एकाग्रता तथा ज्ञान-विज्ञानमा विश्वास तथा दखल। वस्तुतः ब्राह्मणलाई पनि जन्मले शूद्र नै भनिएको छ। यहाँ ब्राह्मण शब्द  क्रिया संग सम्बन्धित छ। ब्रह्मको ज्ञान हुनु आवस्यक छ। केवल ब्राहमणको परिवारमा जन्म लिनाले मात्र कुनै ब्राह्मण बन्दैन।

यास्क मुनिको निरुक्तका अनुसार – ब्रह्म जानाति ब्राह्मण: ब्राह्मण त्यो हो जसले ब्रह्म (अंतिम सत्य, ईश्वर या परम ज्ञान) लाई जान्दछ । अतः ब्राह्मणको अर्थ -“ईश्वर ज्ञाता” हो।
तर हिन्दू समाजमा ऐतिहासिक स्थिति यहि रहेको छ कि पारंपरिक पुजारी तथा पंडित नै ब्राह्मण हुने गर्छन्। यसैकारणले आज हाम्रो समाजमा ब्राह्मणले धर्मको व्यवसाय पनि गर्दछन् र उनकै कारणले धार्मिक परंपरा हाम्रो जीवन बाट लुप्त हुँदै छ।।

शूद्रको बारेमा महर्षि मनुको भनाइ:

शूद्रो ब्राह्मणतामेति ब्राह्मणश्चैति शूद्रताम्।

क्षत्रियाज्जातमेवं तु विद्या द्वैश्यात्तथैव च।। (मनु.१.१०)

ब्राह्मण वर्णमा पैदा भनेको व्यक्ति पनि यदि ब्राह्मण वर्णको गुण, कर्म र स्वभाव छैन भने ऊ शूद्र वर्णमा गनिन्छ र शूद्र वर्णमा पैदा भएको व्यक्ति पनि यदि ब्राह्मणको जस्तो गुण, कर्म र स्वभाव छ भने त्यो ब्राह्मणमा गनिन्छ। अर्थात, श्रेष्ठ अश्रेष्ठ कर्म अनुसार शूद्र ब्राह्मण र ब्राह्मण शूद्र हुन सक्छ। जो ब्राह्मण, क्षत्रिय वैश्य र शूद्र जसको गुण जस्तो हुन्छ त्यो त्यसै वर्णको हुन्छ।

अनेत्र पनि भनेका छन् “जन्मना जायते शूद्र: कर्मणा द्विज उच्यते ।” अर्थात, जन्मदा सब शूद्र नै हुन्छन् र कर्म द्वारा नै ति ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र बन्दछन्। वर्तमानमा ‘मनुवाद’ शब्दलाई नकारात्मक अर्थमा लिईदैछ।

बाइबलमा संशोधन:

सन् १६११ सम्म बाइबलको King James Version मात्र संसारमा चल्दथ्यो र ईसाईहरुको लागि त्यो नै लक्ष्मणरेखा समान हुन्थ्यो। सन् १८७०मा यसमा भएका दोषहरु हटाउने दृस्टिले यसको परिष्कृतकरण शुरू भयो त्यस पछी सन् १८८१-१८८५ मा यसको ब्रिटिश संस्करण निकालियो। सन् १९०१मा यसलाई धोई-पखाली अमेरिकन संस्करण निकालियो। सन् १९३७, १९४६, १९५२मा हरेक पटक सुधार गरेर नयाँ नयाँ स्तरीय संस्करण निकालियो। सन् १९७७ मा आज सम्म जे पनि बाइबलको  नाममा उपलब्ध भयो त्यसलाई यसमा समावेस गरेर संसारका सामु राखियो।

अब वेदको खुट्टा तान्न खोज्ने ति लाल बुझक्कडहरु संग सोध्न चाहन्छु कि तिमीले कुन चाहिं वेद पढेका छौ??? र कुन वेद र मनुस्मृतिले तिमीलाई दास बनायो या बनाउने शिक्षा दिन्छ??? त्यो वेदले जसको लिप्यान्तरण मैक्समूलरले गरेको थियो?? या जसलाई मुस्लिम र ब्रिटिश शाषकहरुले लेख्न लागेका थिए त्यो?

अब त दास र शूद्रमा के फरक छ त्यो बुझियो होला। कि अझैं पनि वेद र मनुस्मृति नै निशाना मा रहन्छन्? या अन्य तथाकथित् पवित्र पुस्तकहरु समक्ष उनको तुलनात्मक समीक्षा हुनेछ? त्यसो त सत्य सनातन वैदिक संस्कृतिको सच्चा इतिहास पढ्ने गर्नु त्यसमा अवगत हुने छ कि वैदिक कालमा दास प्रथा थिएन। र जुन विद्रूपता हाम्रो वर्णव्यवस्थामा आयो त्यो यस्तै साहित्यको छायाँ समाजमा परे पछी मात्र आएको हो।
यो सबै लेख पढे पछी धेरै जसो लाल बुझक्कडहरुको पेटमा शूल उत्पन्न हुनसक्छ। सत्य सनातन वैदिक धर्म र शास्त्रहरुको बारेमा त्यसैले मात्र लेख्ने गरोस् जसले स्वयं यिनको अर्थलाई बुझेर गहीरो अध्ययन गरेको होस्। फेरी पनि यदि केहि भन्ने इच्छा छ र जिब्रोमा कुत्कुती लाग्छ भने पहिले निम्न श्लोकलाई एक पटक अवस्य सम्झने गर्नु-

अधीत्य चतुरो वेदान् सर्वशास्त्राण्यनेकशः।

 ब्रहात्वं न जानेती दर्वी पाकरसं यथा।। 
यथाखरचंदनभारवाही भारस्यवेता न तु चंदनस्य।

 तथैव विप्रा षटशास्त्रयुक्ता सद्ज्ञानहीनाः खरवद् वहन्ति।। 

अर्थात, चारै वेद एवं अनेकौं शास्त्रहरु पढी सके पछी पनि यदि ब्रह्मज्ञान भएन भने त्यो त्यस्तै हो जस्तो कर्छुलो अनेक व्यंजनहरुमा घुमेर पनि तिनको स्वाद देखि अनभिज्ञ रहन्छ जस्तै गधाले चंदनको भारि बोक्छ तर त्यसको सुगंधलाई जान्दैन, त्यस्तै नै त्यो विद्वान हुन्छ जुन वटै शास्त्रहरुको ज्ञाता भएर पनि सद्ज्ञान बाट हीन त्यसले पनि गधाले भारि बोके सरह शास्त्र मदविद्या मदको भारि बोकिरहेको छ।। अस्तु..

नमस्ते…!

-प्रेम आर्य

दोहा, कतार बाट

3 thoughts on “दास प्रथा र बलि प्रथालाई बाइबलमा मान्यता:”

  1. यस्तै प्रकारका लेख र बिचारले मात्र सनातन धर्म को रक्षा हुन सक्छ। लेखक प्रति सम्मान र हार्दिक नमन प्रकट गर्दछु।

  2. कुरो सत्य हो तर यि बिधर्मी ईशाइ कसै हरु ले उल्टा वेद गितामा यस्तो र उस्तो छ भनेर बिपरीत ब्याख्य गरी जनमानसमा भ्रम फैलाउदै आफ्नो ब्यपार चलाउछन यिनि हरु लाई मृत्यु दण्ड दिनु पर्ने वास्तबमा ।

  3. बाईबलको पर्दाफ़ाश आज मात्रै थाहा भयो बाईबल कस्तो पुस्तक हो भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *