‘ओ३म्’ को बिषयमा संका समाधान-३

ओ३म्

वेदमा ‘ओंकार’ शब्दको पाठ”

ओमासश्चर्षणीधृतो विश्वे देवास आ गत ।

दाश्वांसो दाशुषः सुतम् ।। (ऋ॰ १/३/७)

पदः- ओमासः चर्षणीधृतः । विश्वे । देवासः । आ । गत । दाश्वांसः । दाशुषः । सुतम् ।

अर्थ:- सर्वप्रथम यहाँ यो जान्नु आवश्यक छ कि ’ओमासः’ यो एक समस्त पद हो। अर्थात्, ’ओ३म्+आसः’ यिनै दुई पद हुन् । ’ओ३म्’ नाम ब्रह्मको हो ।’आस’ को अर्थ समीपमा बस्नेवाला हो । अर्थात्, ब्रह्मको समीपमा बस्नेवाला ब्रह्मज्ञानीलाई  नै ’ओमासः’ भनिन्छ।

अब सम्पूर्ण मन्त्रको अर्थ यसप्रकार छ:- (विश्वे देवासः) हे सकल विद्वानहरुहो । (दाशुषः) सत्कार गर्नेवाला मेरो गृहमा (सुतम्) सोम रस युक्त विविध प्रकारका पदार्थहरु ग्रहण गर्नको लागि (आ गत) तपाईहरु कृपा गरेर आउनुस् । तपाईहरु कस्ता हुनुहुन्छ ? (ओमासः) ओ३म् =ब्रह्मको समीप आसः= बस्नेवाला अर्थात्, ब्रह्मतत्वलाई जान्नेवाला हुनुहुन्छ। किनकि तपाईहरु ब्रह्मज्ञानी हुनुहुन्छ, अतः मेरो घरमा आएर यसलाई पवित्र र सुशोभित गरिदिनुस् । फेरी तपाइँ कस्ता हुनुहुन्छ? (चर्षणीधृतः) चर्षणी = प्रजाहरुलाई, धृतः= धारण गर्नेवाला पनि तपाइँ नै हुनुहुन्छ । अतः मलाई पनि आफ्नो उपदेशले दृढ गर्नुहोस् । पुनः तपाइँ कस्ता हुनुहुन्छ? (दाश्वांसः) विविध प्रकारका विज्ञानहरु प्रदान गर्नेवाला हुनुहुन्छ। यहाँ यो हेर्नु पर्छ ’ओम्’ शब्द प्रत्यक्ष नै विद्यमान छ । अब अनेत्र पनि हेरौं:

मनो जूतिर्जुषतामाज्यस्य बृहस्पतिर्यज्ञमिमं तनोत्वरिष्टं यज्ञं समिमं दधातु ।

विश्वे देवास इह मादयन्ताम् ओ३म् प्रतिष्ठ ।। (यजु॰ २ । १३)

पदः- मनः । जूतिः । जुषताम् । आज्यस्य । बृहस्पतिः । यज्ञम् । इमम् । तनोतु । अरिष्टम् । यज्ञम् । सम् । इमम् । दधातु । विश्वे । देवासः । इह । मादयन्ताम् । ओ३म् । प्रतिष्ठ ।

अर्थः- (जूतिः) अतिगमनशील, वेगवान् (मनः) मन (आज्यस्य) सर्वव्यापक ब्रह्मको (जुषताम्) सेवा गरौँ र (बृहस्पतिः) बृहत् = वेदका अधिपति त्यो परमेश्वरले मेरो (इमम्) यस (यज्ञम्) यज्ञलाई (अरिष्टम्) निरूपद्रव, छिद्र रहित गरोस् । र त्यो ईश्वर (इमम्+यज्ञम्) मेरो यस यज्ञलाई (सम्+दधातु) उत्तम प्रकारले धारण गरोस्, पुष्ट गरोस् । र (विश्वे) आएका सब (देवासः) विद्वान्हरु (इह) यस यज्ञमा (मादयन्ताम्) आनन्दको उपभोग गरुन । (ओ३म्) हे ईश्वर ! (प्रतिष्ठः) तपाइँ मेरो हृदयमा प्रतिष्ठित हुनुहोस् ।

यस मन्त्रमा पनि साक्षात् ’ओ३म्’ शब्दको पाठ आएको छ।

वेदमा जति मन्त्रहरु छन्, तिनको दुई गुणा ओ३म्को पाठ छ।

कसैको भनाइ यो पनि छ कि अग्नि, वायु, इन्द्र, आदिक शब्द मात्र ब्रह्मका प्रिय नाम प्रतीत हुन्छन्, किनकि वेदमा यिनको मात्र पाठ छ, ’ओंकार’को छैन। यो भ्रम वेदको भावना नजान्नाले नै उत्पन्न भएको हो। वेदका जति पनि मन्त्र छन्, तिनको दुई गुणा ’ओंकार’ शब्द वेदमा आएको छ। त्यसलाई ध्यान दिएर विचार गरौँ । महर्षि पाणिनिले भन्दछन्:-

प्रणवष्ठेः । (अष्टाध्यायी ५ । २ । ८९)

यज्ञकर्मणि टेरोममित्यादेशः स्यात् ।

अपां रेतांसि जिन्वतोम् ।।

जब वैदिक मन्त्र यज्ञमा पढिन्छ, तब सब मन्त्रहरुको ’टि’को स्थानमा ’ओम्’ शब्दको पाठ गर्नु पर्दछ। किनकि ’टि’को स्थानमा  ’ओम्’ शब्दको आदेश व्याकरणको नियम अनुसार हुन्छ। ’टि’ यो व्याकरणको एक संज्ञा हो। यदि त्यस अन्तिम स्वर वर्णको अगाडी व्यंजन पनि छ भने दुवैको ’टि’ संज्ञा हुन्छ।

अचोsन्त्यादि टि ।* (अष्टाधायी)

*(शब्दको अन्तमा यदि व्यंजन वर्ण छ भने, त्यसको पूर्ववर्ती स्वरका साथ ’टि’ संज्ञा हुन्छ। यथा- ’प्रचोद्यात्’मा अन्तिम ’आत्’को ’टि’ संज्ञा हुन्छ । यदि अन्तमा स्वर छ भने त्यो पनि ’टि’हुन्छ जस्तै ’जिन्वति’मा ’इ’´)

उदाहरण बाट यो विस्पष्ट होला। यथा:-

…अपां रेतांसि जिन्वति (ऋ.८/४४/१६)

यो वेदको मन्त्र हो । यसको अन्तिम स्वरवर्ण कुन हो ? ’ति’मा इकार अंतिम स्वर हो।अतः ’इकार’को स्थानमा ’ओ३म्’ यो आदेश हुन्छ। अर्थात् ’जिन्वति’को स्थानमा ’जिन्वितोम्’ हुन्छ । यस्तै प्रकारः-

अग्निमीडे पुरोहितं यज्ञस्य देवमृत्विजम् ।

होतारं रत्नधातमम् ।। (ऋ॰ १ । १ । १)

यस मन्त्रमा अन्तिम स्वर ’धातमम्’को मकारमा अकार छ । र यस अकार भन्दा पछाडी व्यंजन वर्ण मकार छ। यी दुवैको स्थानमा  ’ओ३म्’ यो पद आदेश हुन्छ। अर्थात् ’रत्नधातमोम्’ पाठ हुन्छ ।

यस्तै प्रकारले सम्झनु पर्छ कि जति पनि मन्त्र वेदका छन्, तिनको अन्तिम ’टि’ ओ३म् नै हुन् । यसबाट सिद्ध भयो कि वेदका जति पनि मन्त्र छन्, त्यति पटक नै ’ओंकार’ शब्दको पाठ उनको अन्तमा छ । यसबाट यो पनि जान्न सकिन्छ कि यो ’ओंकार’ शब्दको पाठ उनको अन्तमा छ। यसबाट यो पनि जान्नु कि यो ’ओंकार’ मन्त्रको अन्तमा लगाइदैन; किन्तु प्रत्येक मन्त्रको जुन अन्तिम ’टि’ छ, त्यहि ’ओ३म्’ स्वरूप हो।

शंका:६- वेदमा यस प्रकार ’ओ३म्’ शब्दको पाठ कहीं देखिन्न। हुनसक्छ जुन समयमा यज्ञको प्रचार निक्कै बढेको थियो, त्यस समय याज्ञिकहरुले वेद-पाठको यो विशेष परिपाटी प्रचलित गरे होलान् । तत्पश्चात् वैयाकरण पाणिनिले पनि त्यस्तै सूत्र रचना गरे होलान्।

समाधान:- यो कथन ठीक छैन। किनकि याज्ञिकहरुले वेदमा कुनै शब्द मिलाउन सक्दैनथे । अँ, अन्य शब्दहरुलाई जोडेर गाउन भने सक्दथे। जस्तै आजभोलि तुलसीदासको रामायणलाई जब कसैले गाउँछन्, ’राम भज राम’ ’जय-जय राम हरे हरे’ इत्यादि शब्द विश्रामको लागि जोडेर गाउने गर्दछन्। तर लय या छन्दको कुनै अक्षर मेटाएर त्यसको स्थानमा ’ओ३म्’ शब्द जोददिन्छन्। यसबाट यो स्पष्ट हुन्छ कि ’ओ३म्’ शब्द प्रत्येक वेद मन्त्रको अवयव नै हो। यसलाई राम्रो संग विचार गर्नु पर्दछ। अब हेरौं ब्रह्मवाणीलाई अन्यथा कसैले पनि गर्न सक्दैन। अतः ’ओ३म्’ शब्दको उपदेश प्रत्येक वेद मन्त्रका साथ-साथ गरिएको छ । किनकि प्रत्येक मन्त्रको अन्तिम ’टि’ ‘ओम्’ नै हो। यही अनादि संकेत हो।

जुन हेतुले अनादि काल देखि यो संकेत चल्दै आएको छ र यहि एक सार्वत्रिक नियम हो, त्यसैले यो मन्त्रहरुको अन्तमा लेखिएको हुँदैन। ब्रह्मचारीहरु संग एक पटक अनुरोध गरियो कि वेदको प्रत्येक मन्त्रको ’टि’ भागलाई ’ओ३म्’ जान्नु। पुनः-पुनः भन्न  वा लेख्न कुनै आवश्यकता छैन । किनकि यो एक सार्वत्रिक नियम हो। बालकहरुको अध्ययनको समयमा त यसको आवश्यकता पनि छैन; किनकि उनीहरुलाई त पहिले नै मन्त्रको बोध हुनु पर्ने । त्यसपछि अर्थको र तत्पश्चात् सम्पूर्ण वेदको मुख्य तात्पर्य बोध आवश्यक छ।

क्रमशः…

Leave a Reply

Your email address will not be published. Required fields are marked *