रौँको छाला काढ्नु….

ओ३म्..

रौँको छाला काढ्नु…..

निश्चर्मणो गामरिणीत धीतिभिर्या जरन्ता युवशा ताकृणोतन |

सौधन्वना अश्वादश्वमतक्षत युक्त्वा रथमुप देवाँ अयातन ||

ऋग्वेद:१/१६१/७

ऋषि: दीर्घतमा औचथ्यः/ देवता: ऋभवः/ छन्द: जगती/ स्वर: निषादः

पद पाठ: उ॒द्वत्ऽसु॑ । अ॒स्मै॒ । अ॒कृ॒णो॒त॒न॒ । तृण॑म् । नि॒वत्ऽसु॑ । अ॒पः । सु॒ऽअ॒प॒स्यया॑ । न॒रः॒ । अगो॑ह्यस्य । यत् । अस॑स्तन । गृ॒हे । तत् । अ॒द्य । इ॒दम् । ऋ॒भ॒वः॒ । न । अनु॑ । ग॒च्छ॒थ॒ ॥

अन्वय: हे मनुष्या यूयं धीतिभिश्चर्मणइव गामरिणीत। या जरन्ता युवशा शिल्पिनौ स्यातां ता शिल्पकर्मसु प्रवृत्तौ निरकृणोतन। सौधन्वनाः सन्तोऽश्वादश्वमतक्षत रथं युक्त्वा देवानुपायातन।

धीतिभिः             मनन द्वारा/विविध क्रिया द्वारा
गाम्:                  वाणीलाई
चर्मण्:                छालाबाट
निः                    रहित गरेर
अरिणीत‌:             प्राप्त‌ गर
या:                    जुन दुई (माता-पिता)
जरन्ता:                वृद्ध (हुँदै छन्)
ता:                    ति दुईलाई
युवशा:                युवा समान
अकृणोतन:           गर
सौधन्वनाः            धनुर्विद्यामा कुशलहरु!
अश्वात्:               अश्व बाट
अश्वम्:                अश्वलाई
अतक्षत:              बनाओ र
रथम्:                  रथलाई
युक्त्वा:               जोडेरर
देवान्:                 दिव्य पदार्थहरुलाई
उप+अयातन:        समीप रहेर प्राप्त गर | अथवा
रथं+अयातन:        रथलाई जोडेर विद्वानहरुका सपिपमा जाउ|

भावार्थ: यस मन्त्रमा वाचकलुप्तोपमालङ्कार च। जुन मनुष्यले औंला समान कर्म गर्ने र शिल्पविद्यामा प्रीति राख्ने पदार्थको गुण जानेर यान आदि कार्यमा उनको उपयोग गर्दछन् तिनले दिव्य भोग प्राप्त गर्दछन् ॥

             निचर्मणो गामरिणीत धीतिभिः को अर्थ सायणाचार्य आदिले ‘गौ को छाला काढ’ भनेर गरेका छन्, तर यहाँ यस्तो अर्थको कुनै संगति नै छैन | अँ, यसबाट वेदको टाउकामा गोहत्याको कलंक अवश्यक लाग्दछ, जो सर्वथा अन्याय हो | वेदमा गौलाई अघ्न्या = न मार्न योग्य मानिएको छ | सायणादिको अर्थ गां मा हिंसीः (गौलाई न मार) यस वेदवचनको विरोधी पनि हुन्छ | समस्त ऋषि मुनि यहि मान्दछन् कि वेदमा ‘वदतो व्याघात दोष’ = पारस्परिक विरोध छैन  | फेरी यदि सायणको अर्थ ठीक छ भने वेदवाक्य ‘निश्चर्मणं गामकुरुत’ हुनु पर्ने, ‘निश्चर्मणो गामरिणीत’ हैन | चर्म रहित भयो भने त त्यो गौ नै रहन्न| त्यसैले यस वाक्यको अर्थ अर्कै हुन्छ | ‘गौ’ शब्दको एक अर्थ वाणी पनि हो, यस अर्थलाई मान्दा यसको अर्थ हुन्छ- वाणीलाई चर्म्म रहित गरेर प्राप्त गर अर्थात कुराको मर्मलाई जान, जुन समय पाएर ‘रौंको छाला काढ्ने’ रुपमा प्रयोग भयो| ‘गौ’को एक अर्थ रौँ पनि हो | रौँको छाला काढ्ने अर्थ सबैले जान्छन् |

यस मन्त्रमा उत्तम शिल्पिहरुलाई आदेश छ | उनको कार्य्य नै यस्तै हुन्छ कि जसमा उनलाई यस कुराको आवस्यकता छ | तिनीहरुले आफ्नो विद्याको सारा रहस्यहरुलाई हस्तगत नगर्ने हो भने त कार्य नै चल्दैन |

दोस्रो चरणमा उपदेश छ जुन वृद्ध माता-पिता छन्, तिनलाई युवा समान बनाउ | ऋग्वेद (१/११०/८) मा पनि यहि ढंगको कुरो गरिएको छ –जिद्री युवाना पितराकृणोतन = वृद्ध माता-पितालाई युवा गराइदेउ | माता-पितालाई युवा गराउनुको भाव यहि हो कि उनीहरुले वार्द्धक्यको कष्टलाई अनुभव नगरुन |

तेस्रो चरणमा भनिएको छ सौधन्वना अश्वादश्वमतक्षत = हे उत्तम शिल्पिहरुहो! घोडा बाट घोडा बनाउ | घोडा बाट घोडा नै बन्दछ, पैदा हुन्छ | फेरी वेदले यो कुरो किन भनेन? यसको सीधासादा अर्थ यहि हो कि घोडा बाट उत्तम घोडा पैदा गर अर्थात तिम्रा पशुहरुका सन्तान आकार, शक्ति आदिमा हीन नहुन पाउन | यस विषयमा सावधानता नअपनाउने हो भने त उत्तरोत्तर ह्रास हुन लाग्छ| चत्तुर वैज्ञानी मनुष्यले यस ह्रासलाई रोकेर उत्तरोत्तर उत्कर्षको व्यवस्था गर्दछ |

चौथो चरणमा एक आवश्यक व्यवहारिक तत्वको उपदेश छ कि शिल्पिहरुले आँफू भन्दा उत्कृष्ट विद्वानहरुको संगति गर्दै रहनु पर्दछ ताकि शिल्पको उत्तरोत्तर उन्नति भइरहोस |अस्तु..

नमस्ते..!

-हार्दिक आभार: स्वामी वेदानन्द तीर्थ सरस्वती (स्वाध्याय सन्दोह बाट)

4 thoughts on “रौँको छाला काढ्नु….”

    1. ओ३म..
      नमस्ते जी..!
      इसकी हिन्दी असली लेख भेजदिया गया है, आपका इमेल खोलें. पढ़ें और हमें प्रतिक्रया देते रहें..
      धन्यवाद..!

    2. माफ़ करना जी, आपका यह इमेल (asd@gmail.com) गलत है सायद, लेख वापस आगया ..कृपया अपना सही इमेल इस्तेमाल दीजिये और कीजिये भी..धन्यवाद..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *